२०८१ पुष ८ गते सोमवार

कर्णाली कुण्डली



किशोर बिक्रम शाही ठाटिकाँध दैलेख

भूगोलको हिसाबले नेपालको सबैभन्दा ठुलो कर्णाली प्रदेशनेपलको तत्कालिन मध्यपश्चिमाञ्चल बिकाश क्षेत्रको कर्णाली अंचल पुरै अनि भेरी अंचलका केहि जील्लाहरु मिलेर बनेको छ। कर्णाली प्रदेशनेपालको संविधान २०७२ ले राज्य पुनरसंरचना गरी बनेका ७ प्रदेशहरू मध्येमा पर्दछ । कर्णाली प्रदेश २० सेप्टेम्बर २०१५ मा पारित भएको नयाँ संविधानद्वारा बनेकोनेपालको सात सङ्घीय प्रदेशहरू मध्ये एक हो। यसप्रदेशमारुकुम (पश्चिमभाग),सल्यान,डोल्पा,जुम्ला,मुगु,हुम्ला,कालिकोट,जाजरकोट,दैलेख,सुर्खेत जिल्लाहरु पर्दछ्न् । क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठुलो प्रदेश कर्णाली प्रदेशको कुल क्षेत्रफल २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) रहेको कर्णाली प्रदेशले मुलुकको १८.९७% ओगटेको छ२०११ को नेपालको जनगणना अनुसार, यस प्रदेशको जनसङ्ख्या १,५७०,४१८ थियो, कर्णाली प्रदेशले मुलुकको सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश हो । यसको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा गण्डकी , पश्चिममा सुदूरपश्चिम र दक्षिणमा लुम्बिनी प्रदेशको सिमाना छ। वीरेन्द्रनगर,सुर्खेत प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो।कर्णाली प्रदेशको नामकरण मुलुकको सबै भन्दा लामो नदि कर्णाली नदि बाट गरिएको हो। २०७४ फागुन १३, मा बसेको प्रदेश सभा को बैठकले प्रदेशको नाम कर्णाली पारित गरेको थियो। यो प्रदेशमा मुलत कर्णाली नेपाली भाषा,मुगोम भाषा,लिमी भाषा आदि मुख्य प्रचलित भाषाहरु हुन् ।तत्तात्कलिन खस राज्य नेपाली भाषा सस्कृतिको उद्दगम स्थल एबं सक्तिशाली राज्यको रुपमा चिनिन्छ १३ औ सताब्दिमा पूर्वमा गोरखा ,पश्चिममा लदाख र उत्तरमा भोट ,दक्षिणमा लखनउ सम्म फैलीएको थियो ।

पाँच वर्षमा कर्णाली प्रदेशको उपलब्धि
कान्छो प्रदेश भनिने कर्णाली प्रदेशले आफ्नो उपलब्धिको रूपमा कानुन निर्माण, बाटो निर्माण, विभिन्न कार्यक्रम तथा मुख्यमन्त्री रोजगारमार्फत् सामाजिक विकास गरेको बताउने गरेको छ।कर्णाली प्रदेशले तयार गरेको प्रतिवेदन अनुसार पाँच वर्षमा ४९० वटा नयाँ विद्यालय भवन बनेका छन् भने विद्यालयमा १,७३९ कक्षा कोठा थपिएका छन्।
त्यस्तै जिल्ला अस्पताल डोल्पा, जिल्ला अस्पताल दैलेख र मेहलकुना अस्पताल सुर्खेतको नयाँ भवन बनाइएको छ भने त्यहाँ आवश्यक जनशक्ति र उपकरण थपिएको दाबी गरिएको छ।छोरीहरूको आर्थिक सामाजिक सुरक्षाको लागि ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम कार्यक्रम सञ्चालन गरिएको छ ।कर्णालीका किसानको लागि व्याज अनुदान कार्यक्रमसमेत सञ्चालनमा छ।पाँच वर्षको अवधिमा झन्डै १८०० सय किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको भन्दै प्रदेशले आफ्नो उल्लेख उपलब्धि ठानेको छ।प्रदेशराजधानीवीरेन्द्रनगरकासडकहरूफराकिलारकालोपत्रेभएको छन
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसारआर्थिक वर्ष २०७९/८० मा प्रदेशगत कुल ग्राहस्थ कृषि क्षेत्रको योगदान सबैभन्दा बढी मधेश प्रदेश ३५.२० प्रतिशत रहेको छ भने कर्णाली प्रदेश सबैभन्दा कम ५.२५ प्रतिशत रहेको छ यद्धपि कर्णाली प्रदेशकोजीडीपी सबै भन्दा ठुलो हिस्सा कृषिले ओगटेको छ, प्रमुख कृषि बालीहरु धान २.०२ प्रतिशत ,मकै ९.२१ प्रतिशत, गहुँ १३.२१ प्रतिशत, कोदो ४५.९४ प्रतिशत,जौ ४५.४९ प्रतिशत कर्णाली देशमा जौको सबैभन्दा ठूलो उत्पादक हो । र फापर १९.७७ प्रतिशतले बृद्दी भएको छ यसलाई कृषि कर्जा उपलब्धताको प्रभाबकारिताप्रदेश सरकारलेदाबी गरेको छ ।
कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । खेति गरिएको ३ लाख २० हजार हेक्टर मध्ये ५२ हजार हेक्टर क्षेत्रफलमा मात्र सिचाई सुबिधा पुगेको छ । यसैगरी उधोग क्षेत्रको योगदामा बागमती प्रदेशको योगदान सबै भन्दा बढी ३१.२९ प्रतिशतछ भने कर्णालीको सबै भन्दा कम ३.१४ प्रतिशत छ । अझतथ्यांकले यो दयनीय अवस्था बोल्दछकीआ.बा ३०७५/७६ मा नेपाल भरि ४३६ उधोग खोलिदा कर्णालीमाएउटउधोग खुलेको छ यद्दपी यसमा तुलनात्मक सुधार देखिएको छ। सेवा क्षेत्रको योगदानमा पनि कर्णाली प्रदेश सबैभन्दा कम ३.८८ प्रतिशत गर्दछ ।कर्णालीप्रदेशलेउपलब्धिकारूपमालिएकायीकतिपयकार्यक्रमतथाविकासनिर्माणकाकामलाईस्थानीयतहहरुलेपनिउपलब्धिकैरूपमालिनेगरेकोछन।

पाँच वर्षमा कर्णाली प्रदेशकोदिर्घकालिन परिमाणात्मक लक्क्ष तथा उपलब्धि ।
कर्णाली प्रदेश योजना आयोगको प्रथम पंच बर्षीय योजना २०७६-२०८१ प्रदेशका प्रमुख २० वटा दिर्घकालिन परिमाणात्मक लक्क्ष सूचक र उक्त क्षेत्रको उपलब्धिलाई तुलना गर्नेहो भने निकै दयनीय स्थिति देखिन्छ. बार्षिक औसत आर्थिक बृद्दी दर १४.९ प्रतिसत राखिएकोमा उपलब्धि ३.०८% रहेको छ,प्रतिव्यक्तिआय११४७(अमेरिकीडलर) राखिएकोमा उपलब्धि ९९७(अमेरिकीडलर) रहेको छ, ,निरपेक्षगरिबीकोरेखामुनिरहेकोजनसङ्ख्या१८ प्रतिसत सम्म पुराउने राखिएकोमा उपलब्धि २८.९ % नै रहेको छ),बहुआयामिकगरिबीमा२५ प्रतिशतमा झर्ने आकलन गरिएकोमा ५१.७ प्रतिशत रहेको छ , मानवविकाससूचकाङ्क औशत लक्ष्य ०.५८८ राखिएकोमा ०.५२ मात्र छ मधेश र सुदूरपश्चिम प्रदेस संगै कम मानवविकास सुचिमा छ,साक्षरतादर ९५ प्रतिशत पुराउने राखिएकोमा उपलब्धी ७६.७७ प्रतिशत रहेको छ ),बेरोजगारीदर ६ प्रतिशतमा झार्ने भनिएकोमा ९ प्रतिशत कायम छ।
त्यसै गरि बाकी रहेका सुचकहरु अपेक्षितआयु (जन्महुँदाको) (वर्ष),लैंगिकविकाससूचकाङ्क,सम्पत्तिमाआधारितनिजीगुणक,मातृमृत्युदर (प्रतिलाखजीवितजन्ममा),पाँचवर्षमुनिकाबालमृत्युदर (प्रतिहजारजीवितजन्ममा),पाँचवर्षमुनिकाकमतौलभएकाबालबालिकाकोप्रतिशत,माध्यमिकतह९-१२माखुदभर्नादर (प्रतिशत),उच्चशिक्षामाकूलभर्नादर (प्रतिशत),विद्युतउत्पादन,विद्युतमापहुँचप्राप्तजनसङ्ख्या,इन्टरनेटप्रयोगकर्ता (कूलजनसङ्ख्यामाप्रतिशत,आधारभूतसामाजिकसुरक्षामाआवद्धजनसङ्ख्या (प्रतिशत),३०मिनेटसम्मकोदुरीमायातायातपहुँचभएकोपरिवार लगायतका सूचकको लक्ष्य र उपलब्धि निराशजनक छ।२०७८ को अनुमान अनुसार कर्णाली प्रदेशका ९६ प्रतिशत वा १,६४४,०२२ भन्दा बढी नागरिक दूषित पानी पिउन बाध्य छन् भने प्रदेशका ३ प्रतिशत वा ५०,८४७ नागरिकले मात्र स्वच्छ खानेपानीको पहुँच पाएका छन्।

ग्रहशान्तिका बिधि ।

विकासउन्मुख भनिएको कर्णाली प्रदेश, नेपालको सबैभन्दा दुर्गम र अविकसित क्षेत्रहरू मध्ये एकहो भन्ने प्रचलन छ कर्णाली प्रदेशमा अद्वितीय चुनौतिहरूलाई सम्बोधन गर्ने र यसको सम्भावनाको फाइदा उठाउने बहुआयामिक दृष्टिकोण चाहिन्छ। यहाँ विचार,मनन र ग्रहण गरिदिने भए केहि प्रमुख रणनीतिहरू छन् ।

१.पूर्वाधार विकास
सडक जडान: प्रदेश भित्र र नेपालका अन्य भागहरूमा सम्पर्क बढाउन सडक सञ्जाल सुधार हुन पर्दछ । यसले व्यापार, पर्यटन र सेवामा पहुँच सहज हुनेछ।कर्णाली राजमार्गको स्तर उन्नति गरिनुका साथै दुगम भेगलाई १२ महिना आवतजावत जारी राख्न पुल निर्माणको कार्यलाई तिब्रता दिन पर्दछ
दूरसञ्चार र इन्टरनेट: शिक्षा, व्यापार र स्वास्थ्य सेवाको लागि महत्वपूर्ण हुने दुर्गम क्षेत्रहरूमा दूरसञ्चार र इन्टरनेट सेवाहरू विस्तार गरिनु पर्दछ ।
ऊर्जा पहुँच: नवीकरणीय ऊर्जा स्रोतहरू जस्तै जलविधुत, सौर्य र वायु ऊर्जामा लगानी गर्नुपर्दछ , निरन्तर बिजुली प्रदान गर्न, विकासको लागि महत्त्वपूर्ण।जलबिधुत उत्पादन यस प्रदेशको समब्रिद्दीको मुख्य आधार हो , अपर कर्णाली जलबिधुत आयोजना ,फुल्कोट कर्णाली जलबिधुत आयोजना साथै साना र मध्यम जलबिधुत आयोजना लाई प्राथमितामा राखी अधिकतम लाभ लिन पर्दछ।बिधुतिकरणको काम यथासिग्र सम्पन्न गरिनु पर्दछ ।
२. शिक्षा र सीप विकास
शैक्षिक पूर्वाधारमा सुधार: गुणस्तरीय शिक्षामा पहुँच बढाउन विद्यालय, कलेज र व्यावसायिक तालिम केन्द्रहरूको निर्माण र स्तरोन्नति गर्ने।
पाठ्यक्रम विकास: स्थानीय आवश्यकता र स्रोतहरूसँग मिल्दोजुल्दो व्यावसायिक र प्राविधिक शिक्षा समावेश गरिनु पर्दछ, दक्ष जनशक्ति सिर्जना गर्न मद्दत गर्नुपर्दछ ।
३. स्वास्थ्य सेवाहरू
स्वास्थ्य सेवा सुविधाहरू विस्तार गर्नेक्रममा विशेष गरी दुर्गम क्षेत्रहरूमा अत्यावश्यक चिकित्सा सेवाहरूले सुसज्जित थप अस्पताल र स्वास्थ्य केन्द्रहरू स्थापना गर्नुपर्दछ।स्वास्थ्य सचेतना अभियानहरू: जनसङ्ख्यालाई सरसफाइ, पोषण र रोकथाम गर्न सकिने रोगहरूबारे शिक्षित गर्न नियमित स्वास्थ्य सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने।कर्णाली स्वस्थ्य बिज्ञान प्रतिष्ठानको स्तरउन्नति गर्ने स्वस्थ्य बिमा कार्यक्रमलाई प्रभाबकरी बनाउन पर्दछ।४.कृषि र ग्रामीण विकाससम्बन्धमा
कृषिलाई आधुनिकीकरण गर्नुपर्दछ कृषि उत्पादकत्व बढाउन आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा र उच्च उत्पादन हुने बीउ र क्षेत्रको पहिचानगरि उपलब्ध गराउन पर्दछ ।कृषि व्यवसाय: बजारमा पहुँच, ऋण, र मूल्य अभिवृद्धि प्रक्रियाहरूमा प्रशिक्षण प्रदान गरेर कृषि व्यवसायलाई बढावा गरिनु पर्दछ ।
रैथानेकृषिबालि
जैविक विविधताको हिसाबले भरिपुर्ण कर्णालीमा तराईको गर्मीदेखि बाहै्र महिना हिउँ रहिरहने क्षेत्रहरु छन् । कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा नेपालमा पाइनेमध्ये सबैभन्दा बढी गुलियोपना भएको स्याउ पाइन्छ ।स्वादिष्ट र प्रांगारिक रैथाने बालीको धनि कर्णाली प्रदेश विभिन्न प्रकारका रैथाने बालि फल्छन्। कर्णालीमा उत्पादन हुने धान संसारकै उच्च स्थानमा फल्ने बाली हो । कर्णालीमा रातो मार्सीदे,कागुनो, लट्टेदे, सिमी, मकै, कोदो, फापर,जौसम्म, स्याउ, आलु, पिँडालु,कागु,चिनो, कागुनो, उवा सम्म सबै फल्छ । रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै त्यस्ता बाली अरू पनि थुप्रै छन् ।यस प्रकारको कर्णालीको खाद्य तथा पोषण सस्कृतिलाइ थप बढुवा दिएर छुटै पहिचात बनाई थप आर्थिक लाभ लिन पर्दछ ।
५. पर्यटन विकाससम्बन्धमा
कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, ईतिहास र जैविक विविधता झल्काउने वातावरणमैत्री पर्यटनको विकास गरिनु पर्दछ कर्णालीको पहिचानको रुपमा रहेका रारा,प्रिथा दह,सेलिम ताल,मदान ताल,कर्षण फोक्सुण्डो ताल , फोक्सुण्डो राष्ट्रिय निकुञ्ज , रारा राष्ट्रिय निकुञ्ज ,जङ्गल र हिउँले ढाकिएको चुचुरोहरु, तल्लो डोल्पा पदयात्रा,प्राचीन र दुर्गम गाउँहरू , मनमोहक बौध मठ गुम्बाहरु , मिनी राराको रुपमा चिनिने कुपिण्डेताल, स्यार्पुताल चन्न्द्रनाथ र तातोपानी जुम्ला , पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाचाल झरना, खार्पुनाथ लगायत धार्मिक पर्यटकीयस्थल हरुको उचित प्रबर्द्धन गर्नुको साथै दैलेखको पंचाकोशी क्षेत्र लाई कैलाश मनसोराबर जाने तिर्थालु लाई आकर्षण गर्ने गरि कर्णाली प्रदेश हुदै मानसोरबर थलमार्ग को विकासका लागि आबश्यक रणनीति बनाउन पर्दछ । सुर्खेतको देउति बजै,कग्रेबिहार देखि दैलेखको पंचकोशी क्षेत्र हुदै खार्पुनाथ ,तातोपानि,चन्द्रनाथ हुदै पुर्बी कर्णालीका प्रशिद्द धार्मिक स्थलहरुलाई जोडेर आन्तरिक तथा बाह्रीय पर्यटक लागि तिर्थ स्थलको रुपमा विकास गरिनु पर्दछ ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न होटल, पदयात्रा मार्ग, सूचना केन्द्रजस्ता आवश्यक पूर्वाधार निर्माण गर्ने । सरकारले हवाई सेवालाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवम् व्यवस्थितका अतिरिक्त बैकल्पिक विमानस्थल बनाई स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न आवश्यक देखिन्छ।
सभ्यताको उद्गम स्थल नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव वस्ती ,दुल्लुको नेपाली भाषाको पहिलो शिलालेख भोट र मुगुको मुगु भोट पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै सम्भावना बोकेका ऐतिहासिक स्थानका साथै अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि पनि एक उत्कृष्ट गन्तब्यको रुपमा बिकाश गरिनु पर्दछ।

६.जडीबुटी सम्बन्धमा
कर्णाली जडीबुटीको खानी हो । कर्णाली प्रदेशमा करिब ३०० प्रकारका जडीबुटी पाइन्छन् यो प्रदेशको समृद्धिको आधार हो पाँचऔले, टिमुर, कुलो,जटामसी, कुड्की, अतिस, सेतो चिनी, वनलसुन, गुन्दाइनो, गुच्ची च्याउ, देवदार, निरमसी, धुपी, सल्लो, लौठसल्लो, भोजपात, यार्चागुम्बा उच्च हिमाली क्षेत्रमा उत्त्पादित महलगायत जडीबुटीहरु यहाँ प्रशस्त पाइन्छन् । जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनको लागि खास क्षेत्र तोकी उत्पादन/उत्पादकत्व वृद्धि, दिगो संकलन र स्थानीय जनताको आय आर्जन संग जोडिनु पर्दछ ।बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जङ्गलबाट तथा दुवैबाट आपूर्तिको व्यवस्था मिलाउन पर्दछ । कर्णाली बाट निर्यात हुने जडीबुटीको परिमाण धेरै भए पनि प्रशोधन नगरिएका कारण मूल्य कम हुने गरेको छ प्रदेशराजधानी सुर्खेतमा कर्णालीको जडिबुटीसंकलन तथा प्रसोधन समन्धित पूर्ण भौतिक संरचना तथा प्रविधिको व्यवस्था गर्नु पर्दछ । यसको व्यवस्थित उपयोगतर्फ स्थानीय र प्रदेश, सरकारको ध्यान पुराउनु पर्दछ । दुरभाग्य राज्यसमेन्त्रले आबश्यक सहजीकरण नगरिदिदा यो आर्थिक वर्षको सुरुवातमा जडीबुडी संकलनकोकार्य ठप्प भयो जसले जनताको रोजीरोटि खोस्नुका साथै राजस्व संकलन पनि ठप्प भएको छ ।
७.आर्थिक विविधीकरणसम्बन्धमा
स्थानीय उद्योगको प्रवद्र्धन अन्तर्गत हस्तकला, जडिबुटीउत्पादनरपर्यटनजस्ताक्षेत्रमा साना तथा मझौला उद्यम (एसएमई) को विकासलाई प्रोत्साहन गर्ने।
स्टार्टअपहरूलाई समर्थन स्थानीय उद्यमीहरूलाई विशेष गरी प्रविधि र नवप्रवर्तन क्षेत्रहरूमा प्रोत्साहन र समर्थन प्रदान गरिनु पर्दछ ।
८.सुशासन र संस्थागत क्षमता सम्बन्धमा
स्थानीय शासनलाई सुदृढ बनाउन बिकाश आयोजनाहरूको प्रभावकारी योजना, कार्यान्वयन र अनुगमन गर्न स्थानीय सरकारी संस्थाहरूको क्षमता विकास गर्नु पर्दछ ।
सार्वजनिक-निजी साझेदारी: स्रोत र विशेषज्ञता परिचालन गर्न सरकार, निजी क्षेत्र, र गैर-सरकारी संस्थाहरू (एनजीओ) बीचको साझेदारीलाई प्रोत्साहित गर्नपर्दछ ।कर्मचारी लाइ दण्ड र प्रोत्साहनको प्राबधान गर्नपर्दछ।
९.वातावरण संरक्षणसम्बन्धमा
दिगो स्रोत व्यवस्थापनअन्तर्गत वातावरणीय ह्रास रोक्न वन, नदी र खनिज जस्ता प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्रवर्द्धन गर्ने।जलवायु अनुकूलन कार्यक्रम: बाढी रोकथाम र दिगो कृषि अभ्यासहरू जस्ता जलवायु परिवर्तनसँग अनुकूलन गर्न समुदायहरूलाई मद्दत गर्न कार्यक्रमहरू लागू गर्नुपर्दछ ।
१०सामाजिक विकाससम्बन्धमा
सीमान्तकृत समुदायहरूलाई सशक्त बनाउनु पर्दछ: सबै विकास प्रक्रियाहरूमा महिला, आदिवासी समूहहरू र सीमान्तकृत समुदायहरूलाई समावेश गर्नमा ध्यान केन्द्रित गरे उत्तम प्रतिफल मिल्दछ।समाबेसीको ब्यबारिक दायरा फराकिलो पारिनु पर्दछ ।सांस्कृतिक संरक्षण: कर्णालीको अनुपम सांस्कृतिक सम्पदालाई फराकिलो बिकाशरणनीतिमा समाहित गर्दै यसको प्रवर्द्धन र संरक्षण गर्ने ।महिला रोजगार प्राथमिकता दिदै शिक्षाको समानता कायम गराउने लोपोन्मुख राउटे जतिको संरक्षण गरि उनहरुको बिकाशमा टेवा पुराउन पर्दछ ।
१०.लगानी र वित्तसम्बन्धमा
लगानी आकर्षित गर्नुहोस्: कानुनी ढाँचामा सुधार गरी, प्रोत्साहन प्रदान गर्दै, र स्थायित्व सुनिश्चित गरी स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्दछ।लघुवित्त र सहकारी: साना व्यवसाय र सामुदायिक विकास परियोजनाहरूलाई समर्थन गर्न लघुवित्त र सहकारी मोडेलहरूमा पहुँच विस्तार गर्नुपर्दछ ।
११.विपद् जोखिम व्यवस्थापन
प्राकृतिक प्रकोपको लागि तयारी गर्नुपर्दछ पहिरो, बाढी र भूकम्पको प्रभावलाई न्यूनीकरण गर्न विपद् जोखिम न्यूनीकरण रणनीतिहरू विकास र कार्यान्वयन गर्न पर्दछ विपद उद्दार तथा राहतको पूर्व तयारी हुन पर्दछ साथै स्थानीय स्थरमा समुदाय लाई उद्दार तथा ब्यबस्थापनको सम्बन्धित तालिम दिन पर्दछ ।
१२.अनुगमन र मूल्याङ्कन
नियमित मूल्याङ्कन: विकास आयोजनाहरूको उद्देश्य पूरा भएको सुनिश्चित गर्न र आवश्यक समायोजन गर्न नियमित अनुगमन र मूल्याङ्कन गर्ने।
यी क्षेत्रमा केन्द्रित भएर कर्णाली प्रदेश थप दिगो र समावेशी विकासको बाटोमा अघि बढ्न सक्छ ।झन्डै कर्णाली प्रदेश जस्तो भूगोल भएको भारतको हिमान्चल प्रदेशको बिकाशको ढाचालाई पनि नियाल्दै हाम्रो खस सभ्यता झल्किने गरि सम्पन्नताको मार्गमा लम्कन पर्दछ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार