वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगर–१ को वडा स्तरीय भुमि सम्बन्धि सहजीकरण समिति र नगर स्तरीय सहजीकरण समितिबीच सोमबार वडा कार्यालयमा महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफलमा राष्ट्रिय भुमि सम्बन्धि समस्या समाधान आयोग सम्बन्धी बनेको कानुनको आधारमा सबै पक्ष एकजुट भई नापी कार्यलाई अझ द्रुत गतिमा अघि बढाउने सहमति गरिएको छ।
वडा अध्यक्ष दिनेश खत्रीले भुमि सम्बन्धि समस्या दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै कानुनअनुसारको प्रक्रिया र पारदर्शी कार्यप्रणालीमा जोड दिए।
छलफलमा वडा र नगरस्तरीय समितिका पदाधिकारी, सरोकारवाला र स्थानीय बासिन्दाको उपस्थितिमा भुमि नापजाँच तथा स्वामित्व प्रमाणिकरणको कामलाई सहज र छिटो सम्पन्न गर्ने विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्