२०८२ कात्तिक २२ गते शनिबार

दैलेख ठाटिकाँधका ५७ वर्षीय नन्दाराम बडूवाल भारतमा सम्पर्कविहीन



दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ निवासी ५७ वर्षीय नन्दाराम बडूवाल भारतको हिमाचल प्रदेशस्थित शिमलाबाट सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार २०८२ साल साउन २५ गते (सन् २०२५ अगस्ट १०) बेलुकी भारतीय समय अनुसार ५ बजेर २६ मिनेटमा शिमलाको सलोन भन्ने स्थानबाट “गाडी चढिहाले” भन्दै आफन्तलाई अन्तिम पटक फोन गरेका थिए। उनी शिमला बसपार्कबाट रूपडिया सीमा हुँदै नेपालगञ्ज जाने उद्देश्यका साथ यात्रा थालेका थिए। तर सो समयपछि उनीसँग कुनै सम्पर्क हुन सकेको छैन र उनी नेपाल पनि आइपुगेका छैनन्।

हालसम्म कुनै अत्तोपत्तो नलागेकाले भारत तथा नेपालमा बसोबास गर्ने सम्पूर्ण आफन्त, दाजुभाइ, दिदीबहिनी तथा सर्वसाधारणलाई खोजी तथा सम्पर्कका लागि सहयोग गर्न परिवारले अनुरोध गरेको छ।
सम्पर्कका लागि:
नेपाल: ९७६६५३७५९५, ९८६४९४४८५४
भारत: ९८१६२२६०९०, ८२७९३८८३८५, ८८७१६०५०९९

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार