सुर्खेत – दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिकामा हालसम्मको अद्यावधिक बेरुजु रकम ३८ करोड ८९ लाख ३९ हजार रूपैयाँ पुगेको छ।
कुल ९४ करोड ४४ लाख ३९ हजार रूपैयाँको लेखापरीक्षण गर्दा ६ करोड ४२ लाख ९३ हजार बेरुजु देखिएको थियो। सो मध्ये हालसम्म ७ लाख ८१ हजार रूपैयाँ मात्र फछ्र्यौट भएको छ भने बाँकी रकम अझै बेरुजु अवस्थामा रहेको देखिएको छ।
बाँकी बेरुजु मध्ये २० लाख ५४ हजार रूपैयाँ असुल गर्नुपर्ने, चार करोड ५५ लाख ९३ हजार प्रमाण कागजात पेस गर्नुपर्ने, ५५ लाख ५४ हजार नियमित गर्नुपर्ने, र एक करोड तीन लाख ११ हजार रूपैयाँ पेस्की बाँकी रहेको जनाएको छ।
महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सरकारी कार्यालयहरुको खर्चको लेखाजोखा गर्छ, जसलाई लेखापरीक्षण भनिन्छ। यदि कुनै खर्च नियमअनुसार नभएको, प्रमाण नपुगेको वा फिर्ता लिनुपर्ने देखिएमा त्यसलाई ‘बेरुजु’ भनिन्छ। यो आर्थिक अनुशासनहीनताको संकेत हो र दैलेख जिल्लामा यो समस्या विकराल बन्दै गएको देखिएको छ।
महालेखा परीक्षकको सबैभन्दा पछिल्लो प्रतिवेदनले दैलेखका
स्थानीय तहमा सुशासन र वित्तीय पारदर्शिताको सवाल उठिरहेको वर्तमान समयमा यति ठूलो बेरुजुले ठाँटीकाँध गाउँपालिकामा आर्थिक अनुशासनको अवस्था माथि प्रश्न उठिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्