२०८२ कात्तिक २२ गते शनिबार

मुख्यमन्त्री कँडेल : “जनतामाझ निराशा होइन, आशा र विश्वास बाँड्नुपर्छ



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधारका ठूला तीन दलले एक अर्कालाई दोष देखाएर जिम्मेवारी पन्छिन नमिल्ने बताएका छन्।
बुधबार सुर्खेतको रामघाटमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले जनतालाई निराशा बाँडेर विश्वास जित्न नसकिने स्पष्ट पारे। उनले दलीय मतभिन्नतालाई थाती राखेर जनतामाझ आशा र विश्वास दिलाउन सके मात्रै राजनीति र विकासले सही मार्ग पहिल्याउने उल्लेख गरे।
“एक अर्कालाई कमजोर देखाउन केही भएको छैन भनेर निराशा बाँड्न मिल्दैन। ठूला तीन दल पालैपालो सत्तामा छौं। हामीले गरेका राम्रा सकारात्मक कामहरू सत्तापक्ष वा प्रतिपक्ष भनेर नबाँडी जनतामाझ प्रष्ट भन्न सक्नुपर्छ, जसले व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्छ,” मुख्यमन्त्री कँडेलले भने।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार