सुर्खेत : दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिका–१ निवासी तिलक बिककी १५ वर्षीया छोरी इन्द्रा बिक भारतको उत्तराखण्ड राज्य, पौडी गडवालमा हराएकी छन्।
जानकारी अनुसार, इन्द्रा बिक २०८२ साल साउन २४ गते राति करिब ११ बजे पौडी गडवालको कोटाधार, निम्बुचौरबाट बेपत्ता भएकी हुन्। उनी हालसम्म फेला परेकी छैनन्।
उनका बुवा ममि हाल ज्याला–मजदुरी गर्दै उक्त क्षेत्रमा बस्दै आएका छन उनी बुवा आमा संगै बस्दै आएकी थिइन ,छोरी हाल हरायपछि बुवा आमा चिन्तित हुँदै सम्पूर्ण नागरिकलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।
उनीलाई फेला पार्ने जो–कोहीले भारतमा ९०२७२७४१८० वा नेपालमा ९८६४७३८०५६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्