
सुर्खेत : कालिकोट जिल्लाको पलाँता गाउँपालिका ले निशुल्क घर बिमा कार्यक्रम लागू गर्ने भएकोछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका विभिन्न स्थानीय तह हरुमा घर बिमा कार्यक्रम ल्यको थियो । हाल कर्णाली का 23 वटा स्थानीय तह हरुले घरबिमा गर्ने तयारी गरेको पाइएकोछ । देशका विभिन्न बिमा कम्पनीहरु संग आन्तरिक मामिला तथा कानुन मन्त्रालय ले सहकार्य गरि स्थानीय तह हरुमा कार्यक्रम लागू गर्दै छ ।
पलाँता गाउँपालिकाले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड संग बिमा सम्झौता गरि बिमा गर्न लागेको अध्यक्ष बिष्णु बहादुर रोकाय ( इन्द्र ) ले जानकारी दिनु भयो । बिमा बाट पलाँतामा रहेका करिव तिनहजार बढी घर धुरी लाभान्वित हुनेछ्न ।
प्राकृतिक प्रकोप, भवितव्य, हुलदंगा, आगलागी आदि विविध विपत्तिबाट बच्ने भरपर्दो माध्यम नै बीमा हो ।लाखौं, करोडौं रूपैयाँ खर्चेर आफ्नो सपनासमेत पूरा गर्छन् । तर, यति धेरै रकम खर्चेर बनाएको घरमा कुनै जोखिमबाट क्षति भएमा के गर्ने भन्ने तर्फ ध्यान भने थोरैले मात्रै दिन्छन् । बीमाले शतप्रतिशत क्षतिपूर्ति दिन नसके पनि क्षतिको केही हिस्सा बहन गर्ने गर्छ एसो हुँदा नागरिक लाई सहज हुने अध्यक्ष रोकाय को भनाइ छ।
बीमा गर्दा के फाइदा, कस्ता जोखिमको रक्षावरण हुन्छ ?
घर बीमालेखले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमीजन्य क्षति, चट्याङ्जन्य क्षति, विस्फोटनजन्य, आकासीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलन, हुलदंगा वा आतंकवादजन्य क्षति र अन्य क्षतिको रक्षावरण गर्छ ।
प्रतिक्रिया दिनुहोस्