२०८२ जेष्ठ ८ गते बुधवार

आई.सी.टी. क्लब सुर्खेतद्वारा खुल्ला टाइपिङ्ग प्रतियोगिता सम्पन्न



मनिचन्द्र अधिकारी सुर्खेत :   आई.सी.टी. क्लब सुर्खेतको आयोजनामा लोकसेवा आयोगको ढाँचामा निःशुल्क टाइपिङ प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता आई.सी.टी. क्लब सुर्खेतका अध्यक्ष जनक बुढाले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रुपमा संस्था का पूर्व अध्यक्ष टिका प्रसाद ढकाल, तथा समिति सदस्यहरू शंकर चन्द, गणेश सिंह ठकुरी, महेन्द्र खड्का, उमेश न्यौपानेको उपस्थिति रहेको जानकारी दिएक छन।
उक्त प्रतियोगितामा ईगरब्रिज माध्यमिक विद्यालयका छात्र तारा थापा प्रथम हुन भएका छन् भने नवज्योति विद्यालयका छात्र एलिस रोका द्वितीय र खुल्ला प्रतियोगी भावुक रिजाल तृतीय भएका जानकारी दिदै
अध्यक्ष बुढाले क्लबले आगामी दिनमा आईटी क्षेत्रमा सम्बन्धित व्यक्तिहरूलाई समेट्दै थप कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनु भएको छ । भने प्रमुख अतिथि ढकालले शिक्षालाई प्रविधिसँग जोड्न शैक्षिक संस्थासँग समन्वय गर्दै आईटी सम्बन्धी कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिए दिएका छन ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार