२०८२ कात्तिक २२ गते शनिबार

झन्डै ९ मैनासम्म तलव नपाउँदा ठाटिकाँधका शिक्षक आक्रोशित – कोही राजीनामा दिदै कालापहाड्को तयारीमा



सुर्खेत : दैलेखको ठाटिकाँध  गाउँपालिकामा संघीय राजश्व देखि तलब खुवाउने गरि राखियका आठ दर्जन बढी शिक्षक ९ मैनासम्म तलव नपाउदा तलबबिहिन भएका छ्न  ।
न्युनतम पारिश्रमिक ज्यालामा राखियका करारका करिब ९६ जना शिक्षक हरुले २०८१ कार्तिक देखि अहिलेसम्म करिब ९मैनाको तलब नपायको गुनासो गरेकाछ्न।
गाउँपालिकाले  राखेका ७३ जना शिक्षक छ्न भने वालशिक्षामा २३जना छ्न सबै जोड्दा तलब नपाउने हरुको संख्या ९६जना छ् । गाउँपालिकाले प्राबी- मा ४४ जना मासिक २० हजारका दरले- निमाविमा जम्मा २१ जना मासिक २३ हजार -मावि जम्मा जम्मा ५जना २५ हजार र -उमावि ३ जना मासिक २७ हजार वालबिकाशमा 23 जना मासिक १७ हजारका दरले तलब खुवाउने निर्णय पालिकाले गरेको थियो ।
गाउँपालिकाले ९-१० मैनासम्म तलब नखुवाउँदा घर खर्च चलाउन मुस्किल भएको भन्दै २ जनाले राजीनामा दियकाछ्न। राजीनामा दिनेमा चुली आ: वि डाडाँ गाउँ ४ नं का शिक्षक पदम ब: सिजापती र रामचन्द्र आ वि ५ नं का कमल शाही रहेकाछ्न ।
नियमित आफ्नो पारिश्रमिक नपाउदा घर खर्च चलाउन गाउँले बाट ३% ब्यज लियर घर खर्च चलायको र उक्त ऋण तिर्न र घर खर्च चलाउनको लागि भयनी आफू कालापहाड जान वाध्य भएको शिक्षक पदम सिजापतिको भनाइ छ ।  गाउँतिर रोजगार छैन एकजना को भरमा ८-१० जना परिवार पाल्नु पर्छ सामान्य रोजगार भएको ले सरकार देखिनै पारिश्रमिक न पाउनु भनेको आफै बुज्नुस पत्रकार ज्यु भन्दै भकानिय  सिजापती । सबै शिक्षको ब्यथा यसतैहो उनले भने आफू जे जस्तो भयनी गाउँ घरका नानी बाबु हरुको भबिस्य बनाउनु पर्छ गाउँ समाजका बालबालिकाको राम्रो भबिस्य बनाउन पर्छ भनी लागियो अहिले आफ्नो भबिस्य तनावमा छ भन्दै दुख व्यक्त गरे । अर्को एक शिक्षक ले भने पुर्ब गाउँपालिका अध्यक्ष धिर ब: शाहिको पालामा नियमित तलब पाएका थियौं अहिले रक्ष्य ब : शाहको पालामा खै के भाको तलबको ठेगान छैन ९ मैना पुगि सक्यो तलब आउदैन भन्दै गुनासो गरेका छ्न । गाउँ पालिकाले संघीय राजस्व बजेट १ करोड क्रस मात्रै भएको र सबैलाई तलब खुवाउन ३ करोड क्रस पैसा  चाहिने  प्रतिक्रिया दिएकोछ ।

प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार