कर्णाली प्रदेश युवा संघका अध्यक्ष जीवन शाहीले कम्युनिस्ट आन्दोलनमा नेतृत्व, संगठन र विचारको गम्भीर विश्लेषण गर्दै जनमुखी र अनुशासित संगठन निर्माणमा जोड दिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नै दुई वर्षअगाडिको विचारलाई पुनः स्मरण गर्दै अध्यक्ष शाहीले लेखेका छन् —
“जबसम्म बोली र भाषणमा मात्र सिमित रहन्छ र व्यवहारमा लागू गरिदैन, तवसम्म जतिनै अभियान चलाएपनि परिणाम शून्य नै रहन्छ।”
उनले संगठनमा लेनिनवादी सिद्धान्तको नाममा जात, क्षेत्र र चाकरीवादी प्रवृत्ति हावी भएको र “Yes Mans Herd” (हो भनिरहनेहरूको झुंड) मात्र निर्माण हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
शाहीले लेखमा थप बताएका छन्:
“कम्युनिस्ट पार्टीको कार्यकर्ता आफैमा एउटा शक्ति हो भन्ने कुरा एकादेशको कथा हुन थालेको छ। नेतृत्व बनाउँदा मेरो जात, मेरो ठाउँ वा मेरो मान्ने मान्छे नै हुनुपर्छ भन्ने प्रवृत्ति बढ्दै गएको छ।”उनले पहिलो पुस्ताले गरेको त्याग र समर्पणलाई दोस्रो पुस्ताले व्यत्तिगत महत्वाकांक्षामा भुल्दै अवमूल्यन गरेको बताएका छन्। संगठनभित्र “अप्राकृतिक” गतिविधिहरू बढ्दै गएको उल्लेख गर्दै उनले प्रश्न गरेका छन् –
“के अब सुदृढीकरण आवश्यक छैन र? के अझै मनन गर्ने बेला आएको छैन?”
शाहीले नयाँ पुस्तालाई सचेत र जिम्मेवार हुँदै लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार अघि बढ्न आह्वान गरेका छन्। उनको भनाइमा स्पष्ट छ –
“हामी त कम्युनिस्ट आचरण अनुसार अघि बढौँ, चुस्त, दुरुस्त, जनमुखी संगठन बनाऔँ। हामी सक्दछौँ। हामीले सक्नै पर्छ।”
लेखको अन्त्यमा उनले “Yes Mans Herd” कहिल्यै स्वीकार्य छैन र हुनुहुदैन भन्ने दृढ अभिव्यक्ति दिँदै साथीहरूलाई यस्तो सोचको विरोध गर्न आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस्