सुर्खेत:कर्णाली प्रदेश जेन्जी फोर्सले विज्ञान रोकायालाई आफ्नो नयाँ प्रदेश प्रवक्ताको जिम्मेवारी दिएको छ।
लामो समयदेखि समाजसेवा गर्दै आउनुभएका रोकाया कालिकोटको रास्कोट घर भई हाल सुर्खेतमा बस्दै आउनुभएको छ। स्रोतका अनुसार, रोकाया यसअघि कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध नभएका राेकाया कलाकारिता क्षेत्रमा पनि लामाे समय देखि गितसंगितकाे माध्याम बाट पनि समाज परिवर्तनकोलागि लागि परेका थिय ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा विशेष भूमिका निर्वाह गर्नुका साथै देशको अवस्था परिवर्तनका लागि सक्रिय सहभागिता जनाउनुभएको थियो। आधिकारिक कर्णाली जेनजी फोर्सले उहाँको सक्रियता र योगदानको कदर गर्दै प्रवक्ता पदमा चयन गरेको हो।
नवनियुक्त प्रवक्ता रोकायाले प्रदेशभर संगठन विस्तार गर्ने र स्थानियतह लगाएत प्रदेशका मुख्य समस्याहरूलाई सरकार समक्ष प्रस्तुत गर्ने कार्यनै आफ्नो मुख्य एजेण्डा रहेकाे प्रवक्ता राेकायाले बनाउनुभएको छ।









प्रतिक्रिया दिनुहोस्