
म को हुँ ?” यो प्रश्न सरल लागे पनि यसको उत्तर गहिरो छ प्रत्येक व्यक्तिले जीवनभरि आफैंलाई चिन्ने प्रयास गर्छन्। म पनि यो प्रश्नको उत्तर खोज्दैछु। मेरो नाम, परिचय, इच्छाहरू, अनुभवहरू, र सपनाहरूले मलाई परिभाषित गर्छन्, तर तिनीहरू नै मेरो सम्पूर्ण अस्तित्व होइनन्।
मेरो पहिचान : म एक मानव हुँ, जसले अनुभव, विचार, भावना, र चेतनाका माध्यमबाट यो संसारलाई बुझ्ने प्रयास गर्छु समाजले मलाई एउटा विशेष नाम, परिवार, धर्म, जात, वा पेसाको आधारमा चिन्ने गर्छ, तर ती बाहिरी परिचय मात्र हुन्। म भित्र एउटा आत्मा छ, जसले जीवनका रहस्यहरू बुझ्न चाहन्छ। महिले आफैले आफैलाइ चिन्दैन अनि संसार देख्न र बुज्न कसरी सक्छु ? म किन जन्मिएको हुँ? म के गर्न यहाँ आएको हुँ? यी प्रश्नहरूको उत्तर पत्ता लगाउनु नै मेरो यात्रा होकि भन्ने लाग्छ । मेरो उद्देश्य मात्र सुखी जीवन बिताउनु मात्र होइन, केही सिक्नु, अनुभव गर्नु, र अरूलाई केही राम्रो योगदान दिनु पनि हो। जीवनमा सही उद्देश्य पत्ता लगाउनु नै मेरो धर्म हो ।
“म को हुँ?” जीवनको गहिरो प्रश्न हो। यसको उत्तर व्यक्तिको अस्तित्व, आत्मपहिचान, र चेतनासँग सम्बन्धित छ। साथै अन्योल लाग्छ , किन उ भन्दा मेरो बिचार फरक छ , किन सबै भन्दा म फरक छु यस्तै अनुत्तरित प्रश्नले मलाइ घेर्छ ?
मेरो विशेषता गुण अरु भन्दा फरक छन कुनै बेला लाग्छ मेरा केही विशेष गुणहरू छन्, जसले मलाई अरूबाट फरक बनाउँछन्। म के गर्न चाहन्छु? मलाई के मन पर्छ? मेरो लक्ष्य के हो? यी प्रश्नहरूको उत्तर नै मेरो वास्तविक पहिचान हो। म मेरा रुचिहरू, सपना, र विचारहरूबाट परिभाषित हुन्छु। कतिपय दर्शनअनुसार भेटिन्छ्न “म” आत्मा वा चेतना हो, जसले यो संसारलाई अनुभव गर्न गर्छु ।
म जे छु ठिक छु भन्ने भावना किन आउदैन होला ! अन्य ब्यक्ति सङ किन तुलना गर्छौं ? भनिन्छ अरूसँग तुलना गर्नु प्राकृतिक प्रक्रिया हो, किनकि हाम्रो समाज, शिक्षा, र संस्कृतिले प्रतिस्पर्धालाई बढावा दिन्छ। तर, तुलना गर्नुको पछाडि केही गहिरा कारणहरू पनि छन ।
• एउटा समाजले सिकाएको बानी छ – सानैदेखि हामीलाई “ऊ भन्दा तिमी राम्रो” वा “अरू जस्तै बन्नु पर्छ” भन्ने सिकाइन्छ। यसले हामीलाई तुलना गर्न बाध्य बनाउँछ।
• आत्मविश्वासको अभाव – जब हामी आफ्नो मूल्यलाई राम्ररी बुझ्दैनौं, तब अरूसँग तुलना गरेर आफू कहाँ छौं भनेर निर्धारण गर्न खोज्छौं।
• समाजका मापदण्डहरू – सुन्दरता, धन, सफलता, वा सामाजिक स्तरका आधारमा मानिसहरू एकअर्कासँग तुलना गर्छन्।
• सामाजिक सञ्जालको प्रभाव – आजकल फेसबुक, इन्स्टाग्राम, र टिकटक जस्ता प्लेटफर्महरूले अरूको देखावटी जीवन देखाएर हामीलाई तुलना गर्न बाध्य पार्छन्।
• प्रतिस्पर्धाको भावना – सफल हुनका लागि प्रतिस्पर्धा आवश्यक मानिन्छ, जसले तुलना गर्ने बानीलाई बल त दिन्छ तर यसको नतिजा के हुन्छ ? भन्ने कुरा त्यति बेला आउदैन !सकारात्मक सोचौं भने प्रभाव राम्रै पर्ला – सही तरिकाले तुलना गरेमा प्रेरणा मिल्न सक्छ। अरूको सफलता हेरेर आफूलाई सुधार्न सकिन्छ पनि तर नकारात्मक असर पर्यो भने अनावश्यक तुलना गर्दा ईर्ष्या, आत्मग्लानि, र असन्तुष्टि बढ्न सक्छ । यसले आत्मविश्वास पनि घटाउँछ र जीवनलाई निराशाजनक बनाउँछ। हो यहि हो अहिले प्रायः मान्छे को जीवनमा घटेको घटना त्यसैले हामी स्यम आफैले आफैलाइ चिन्ने प्राय गर्दैनौं। एक अर्का मा परनिर्भर हुन्छौं । यसको अन्तिम परिणाम निराशाजनक नै हुने हो । अहिले सामाजिक सञ्जालमा सबै भन्दा धेरै देखिने – देखावटी जीवन, व्यबहार र प्रेम सम्बन्ध जसले अन्य ब्यक्ति लाई ठूलो क्षती पुर्याएको छ। तुलना गर्ने बाध्य बनाएको छ । एक तर्फी तुलना गर्नु स्वाभाविक पनि हो, तर त्यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ। अरूसँग तुलना गरेर दुःखी हुनुको साटो, आफूलाई सुधार्न प्रेरित हुनुपर्छ। जीवन प्रतिस्पर्धा होइन, बरु आफ्नै तरिकाले अघि बढ्ने यात्रा हो। भन्ने भावना जाग्नु पर्छ । म पनि यहि बुज्दै छु !!!
म को हुँ भन्ने प्रश्नको उत्तर समयसँगै परिवर्तन भइरहने रहिछ। हिजो भन्दा आज म मेरा अनुभवहरू, सिकाइ, र आत्मज्ञानबाट आफूलाई अझ राम्रोसँग बुझ्दै छु । सायद म पूर्ण रूपमा आफैंलाई चिन्न कहिल्यै सक्दिनँ, तर यस यात्रामा म आफैंलाई निरन्तर सुधार्दै, नयाँ कुरा सिक्दै अघि बढ्नेछु। यही जीवनको सुन्दरता हो।
:कबिन्द्र प्रसाद अधिकारी संजिवनी आयुर्वेद मेडिकल संचालक तथा आयुर्वेद औषधि व्यावसायि ।
प्रतिक्रिया दिनुहोस्