२०८३ वैशाख २ गते बुधबार

कर्णाली खेलकुद परिषद्को सदस्य–सचिवमा गणेश बहादुर शाही बलियो दाबेदार



सुर्खेत — कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य–सचिव पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। विभिन्न अनुभवी र खेलकुद प्रशासनमा दख्खल राख्ने व्यक्तिहरू मैदानमा उत्रिए पनि अनेरास्ववियुका पूर्व विद्यार्थी नेता गणेश बहादुर शाही सबैभन्दा बलियो र प्रभावशाली उम्मेदवारका रूपमा अगाडि देखिएका छन्।
खेलकुद संगठन, विद्यार्थी राजनीति र प्रशासनिक अनुभवको सन्तुलित पृष्ठभूमि बोकेका शाही  अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय उपाध्यक्षका आकांक्षीसमेत हुन्।  राजनिती शास्त्रमा त्रिभुवन बिश्वबिद्धालय बाट स्नातकोत्तर गरेका शाही बक्सिङका खेलाडी पनि हुन ।उनी करिब 1 दसक देखि मदन भन्डारि स्पोर्ट्स एकेडेमी मा आबद्ध छन। पार्टीमा महत्त्वपुर्ण प्रभाव राख्न सक्ने शाही पारदर्शि र निस्कलन्क ब्यक्ती हुन।युवा  र खेलकुद क्षेत्रमा राम्रो नेतृत्व गर्न सक्नेमा गणेश बहादुर शाही पहिलो नम्बरमा पर्छ्न।
प्रदेशमा यामलाल कडेल र केन्द्रमा शंकर पोखरेल निकट मानिने शाहीको राजनीतिक पहुँच, संगठन क्षमता र युवा पुस्तामाझको लोकप्रियताले उनलाई अन्य उम्मेदवारभन्दा अघि राख्नु पर्ने  खेलकुद वृत्तको बुझाइ छ।  सुर्खेत केन्द्रित रहेर खेलकुद अभियान चलाउँदै आएका शाहीले ग्रामीण तहसम्म खेलकुद पूर्वाधार विस्तार र प्रतिभा पहिचानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
सदस्य–सचिव पदका लागि चेतनराज गिरी, हेमा खड्का, प्रमोद हमाल लगायतका अनुभवी व्यक्तिहरूले पनि आवेदन दिएका छन्। तर समग्र मूल्याङ्कन गर्दा अनुभव, नेतृत्व क्षमता र राजनीतिक समन्वयको दृष्टिले शाहीको दाबेदारी सबल देखिएकोछ ।
अब कर्णाली प्रदेश खेलकुदको भविष्य कसको हातमा जाने भन्ने चासो बढ्दै गएको छ। अन्तिम निर्णयले प्रदेश खेलकुदको दिशा र दशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार