२०८३ वैशाख १ गते मंगलबार

दैलेखमा असिना–पानीको कहर : ठाटीकाँध गाउँपालिकाका किसान मारमा, भोकमरीको चिन्ता बढ्दै



दैलेख — ठाटीकाँध गाउँपालिका मा परेको भीषण असिना–पानीका कारण स्थानीय किसानहरू गम्भीर समस्यामा परेका छन्। बालीनाली भित्र्याउने समयमै आएको प्राकृतिक विपत्तिले किसानको वर्षदिनको मेहनत एकैछिनमा नष्ट गरेको छ।
स्थानीयका अनुसार अचानक आएको असिना–पानीले गहुँ, मकै लगायतका मुख्य बालीमा ठूलो क्षति पुर्‍याएको छ। कतिपय स्थानमा खेतबारी पूरै नष्ट भएको बताइएको छ। यसले गर्दा किसानहरू आर्थिक रूपमा मात्र नभई खाद्यान्न संकटको जोखिममा समेत परेका छन्।
किसानहरू भन्छन्, “भित्र्याउने बेला भएको बाली एकैपटक सखाप भयो, अब के खाने भन्ने चिन्ता बढेको छ।”
यस विपत्तिले विशेषगरी गरिब तथा दैनिक जीविकोपार्जन गर्ने परिवारहरूलाई अझ बढी असर परेको छ। स्थानीय तह र सम्बन्धित निकायबाट राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन ढिला भएमा भोकमरीको अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीय सरकार तथा सरोकारवाला निकायलाई तत्काल राहत, क्षति मूल्यांकन र दीर्घकालीन समाधानका लागि पहल गर्न  नागरिक को भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार