२०८२ चैत २९ गते आइतबार

होटल व्यवसायी संघको केन्द्रीय उपाध्यक्षमा जनकबहादुर सिंह निर्वाचित



सुर्खेत — होटल व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष पदमा जनकबहादुर सिंह निर्वाचित भएका छन्। यसअघि संघमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका सिंहको नेतृत्व क्षमतालाई मूल्यांकन गर्दै उनी उच्च पदमा चयन भएका हुन्।
सिंह सुर्खेतमा सञ्चालनमा रहेको होटल बुलबुले भ्यूका सञ्चालकसमेत हुन्। उनी लामो समयदेखि होटल व्यवसायमा सक्रिय रहँदै आएका छन् र व्यवसायीहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।
उनको निर्वाचितसँगै होटल व्यवसायीहरूको अधिकार, व्यवसाय प्रवर्द्धन तथा पर्यटन क्षेत्रको विकासमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार