विष्णु रिजाल चीनको चियाङ्सी प्रान्त स्थित Jingdezhen Ceramic University को School of Marxism तथा Jiangxi Provincial Society of Philosophy द्वारा आयोजित अन्तर्राष्ट्रिय प्राज्ञिक सेमिनारमा सहभागी भएका छन्।
उक्त सेमिनारमा विभिन्न देशका प्राध्यापक, अध्येता, राजनीतिक नेता तथा थिंक ट्यांकका करिब दुई सय जना सहभागी रहेका थिए। कार्यक्रममा सहभागी हुँदै रिजालले विभिन्न देशका विज्ञहरूको विचार सुन्नुका साथै आफ्ना धारणा समेत प्रस्तुत गरेका छन्।
सेमिनारका क्रममा उनले पुराना मित्रहरूसँग पुनः भेटघाट गर्ने र नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्।
चीन, भियतनाम, लाओस, रुस र क्युवालगायत देशका सहभागीहरूले नेपालमा भइरहेका तीव्र राजनीतिक तथा विकाससम्बन्धी घटनाक्रमप्रति विशेष चासो देखाएका थिए। विशेषगरी नेपालका कम्युनिस्ट आन्दोलनबारे उनीहरूमा गहिरो जिज्ञासा रहेको रिजालले बताएका छन्।
आफ्नो मन्तव्यका क्रममा उनले मदन भण्डारी लाई उद्धृत गर्दै भने, “हाम्रा भगवान भनेका जनता हुन्। उनीहरूले तोकिदिएको स्थानमा बसेर उनीहरूकै विश्वास जित्न लागिरहन्छौँ।”
उनले जनतामाथिको विश्वास र जनमुखी राजनीतिलाई नै कम्युनिस्ट आन्दोलनको मूल आधार मान्दै अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।








प्रतिक्रिया दिनुहोस्