अछामको पञ्चदेवल बिनायक न.पा–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुदा पाँच जना जना घाईते भएका छन् ।
दार्चुलादेखि जुम्ला जाँदैगरेको बा.प्र. ०१–०२७ च २२७७ नं. को जीप थापामोडबाट करिब २०० मिटर तल कच्ची सडकमा खस्दा जीपमा सवार चालकसहित पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा नवलपरासी जिल्ला रामग्राम न.पा.–१० बस्ने वर्ष ४१ का पुष्पराज चौधरी (चालक), सिराहा जिल्ला पूरा वतन नखुलेका) वर्ष अं. २७ का सन्त कुमार साह, स्याङ्जा जिल्ला फेदीखोला गा.पा.–४ का अर्जुन कुमार पौडेल, बर्दिया जिल्ला बासँघारीका ४५ वर्षिया राम प्रसाद चौधरी र बाँके जिल्ला नेपालगंज उपमहागरपालिका ६ बस्ने वर्ष ३५ का राज कुमार गुप्ता गम्भीर घाईते भएका छन् ।
उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट प्रहरी टोली खटिगई घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारको लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ









प्रतिक्रिया दिनुहोस्