२०८१ पुष ८ गते सोमवार

एमाले मधेशका नेताहरुलाई अनुशासनको प्रशिक्षण



२३ भदौ, काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशका नेताहरुलाई अनुशासनको प्रशिक्षण दिएको छ ।
बर्दिबासमा आयोजित अनुशासनसम्बन्धी प्रशिक्षणमा केन्द्रीय सदस्यहरु, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, आठै जिल्लाका अध्यक्षहरु, आयोगका सदस्यहरु सहभागी थिए ।
प्रदेश कमिटी सचिव मनोज पौडेलका अनुसार केन्द्रीय अनुशासन आयोगको तालिका अनुसार मधेश प्रदेशका नेताहरुलाई अनुशासनको प्रशिक्षण दिइएको हो ।प्रशिक्षण दिन आयोगका केन्द्रीय अध्यक्ष केशव बडाल, प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वालाकुमारी साह लगाायत पुगेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार