२०८१ पुष ८ गते सोमवार

एमाले सुर्खेतको बार्षिक कार्ययाेजना पारित



सुर्खेत २५ भदौ ।नेपाल कम्युनिष्ट पार्टी ‐एमाले० सुर्खेतको दोस्रो बैठक वार्षिक कार्ययोजना पारित गरेको सम्पन्न भएको छ । सोमबार जिल्ला पार्टी कार्यालय हटिया चौकमा बसेको दोस्रो पूर्ण बैठकले विभिन्न निर्णयहरू गर्दै बार्षिक कार्ययोजना पारित गरेको हो ।एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्मन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, केन्द्रीय सल्लाहकार परिषद् सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।बैठकलाई समबोधन गर्दै स्थायी कमिटी सदस्य कँडेलले पार्टीको अबको लक्ष्य मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टी गतिविधि तथा अभियानहरू अघि बढाउन निर्देशन दिनुभयो । उहाँले पार्टी निर्माणको काममा उत्साहित भएर लाग्न आग्रह गर्नुभयो । नेता कँडेलले निराशाका कुरा गरेर अघि बढ्न नसकिने भन्दै आशा र उत्साहको सञ्चार हुने गरी काम गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू लाई सुझाव दिनुभयो ।

यस्तै, बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल र ठम्मर बिष्टले वार्षिक कार्ययोजना अनुरुप पार्टी कमिटीहरूले सक्रियताका साथ काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार दोस्रो पूर्णबैठकले पार्टीका अभियानलाई व्यवस्थित र प्रभवकारी रूपले अघि बढाउने निर्णय गरेको छ । बैठकले एमालेको जनाधार थप बलियो बनाउन यो वर्ष आवश्यक प्रशिक्षण, भेला, विषयगत अन्तरक्रिया र सम्वादहरूलाई निरन्तरता दिने कार्ययोजना रहेको तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार