सुर्खेत : आठबीस नगरपालिका–९ नम्बर वडाको कार्यालय शनिबार राती करिब १२ बजे दह बजारबाट मेहल गाउँ सामुदायिक भवन सारिएको नागरिकको दावीछ। विगत ८ वर्षदेखि नागरिकलाई दह बजारबाट सेवा दिइरहेको कार्यालय अचानक सारिएको विषयमा स्थानीय नागरिक, युवा, बुद्धिजीवी मात्र नभई केही वडा सदस्यहरू पनि असन्तुष्ट देखिएका छन्।
वडा अध्यक्ष शेरबहादुर सिजापतीका अनुसार सामुदायिक भवनमा कार्यालय सार्दा भाडा खर्च जोगिने र ७०% जनताको लागि मेहल गाउँ नै बीचको केन्द्र (सेंटर) हुने दाबी गरिएको छ। तर, दह बजारका बढी स्थानीय, युवाहरू र केही वडा सदस्यहरू सामाजिक सञ्जालमा आक्रोश पोख्दै दह बजार नै भूगोलको दृष्टिले सहज र सन्तुलित केन्द्र भएको तर्क गर्दै विरोध जनाइरहेका छन्।
पूर्व वडा अध्यक्ष धनबहादुर सिजापतीले भने, “जनताको सहमति, छलफल र जानकारीबिना रातारात चोर शैलीमा कार्यालय सारिनु लोकतान्त्रिक मूल्य र कानुनको अपमान हो। जिम्मेवार व्यक्तिले यस्तो कार्य गर्दा आफ्नो अक्कल र नेतृत्वको स्तर प्रष्ट हुन्छ।” सामाजिक सञ्जालमा केही स्थानीयले लेखेका छन्, “आफू अनुकूल स्थान खोजेर कार्यालय सार्ने होइन, जनताका लागि सुविधाजनक स्थान रोजिनुपर्छ।” पुर्ण पहिले भएको स्थान वा दह बजारमै कार्यलय राखिनु पर्ने माग सामाजिक संजालमा बढी छ ।









प्रतिक्रिया दिनुहोस्