२०८१ पुष ८ गते सोमवार

दैलेखको ठाटिकाँधमा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



सुर्खेत : दैलेख को ठाटिकाध गाउँपालिका मा माध्यमिक तह स्तरीय हाजिरी जवाफ सम्पन्न भएको छ ।’ ज्ञान, बिज्ञान, सिप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता ” भन्ने मूल नाराका साथ रास्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बालबालिका बीच हाजिरी जवाफ प्रतियोगिता भएको थियो ठाटीकाँध गाउँ पालिका र AEIN को साझेदारी मा सोसेक नेपाल को आयोजना मा कार्यक्रम गरिएको थियो।प्रतियोगिता मा कृष्ण माध्यमिक बिद्यालय लकान्द्र प्रथम, भवानी माध्यमिक बिद्यालय बाहाकोट दित्तिय, दशरथ माध्यमिक बिद्यालय प्याडूलि तृतीय र देवती माध्यमिक बिद्यालय गैरागाउँ सान्त्वना भएका थिय | प्रतियोगिता मा बिजियी समुहलाई गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय, भवानी मा बि का प्रधानध्यापक भक्तिराम तिमिल्सेना , देवती मा बि गैरागाउ का प्रधानाध्यापक सुरत बहादुर शाही, कृष्ण मा बि ठाटीकाँधका शिक्षक र दशरथ मा बि का शिक्षक को समेत सहभागिता रहेको थियो | बाल संजाल ठाटीकाँधका अध्यक्ष्य सुरेन्द्र बहादुर शाहीको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो | प्रमुख अतिथि एबम पालिका प्रमुख प्रसशाकीय अधिकृत उपाध्यायले यस्ता प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभा अरु बाहिर आउने हुनाले बालबालिका को बिकाश मा थप हौसला प्रदान हुने बताउनु भयो ।ठाटीकाँध गाउँ पालिका बिगत ३ वर्षदेखि गुणस्तरीय शिक्षा अभिबृद्धी, स्वास्थ र जिविकाेपार्जन सहयोग (सहकार्य) परियाेजना सञ्चालन भैरहेकाेमा विभिन्न दिवसमा यस्ता खालका विभिन्न प्रतियोगिताहरु नियमित रुपमा गर्दै आएको सोसेक नेपाल सहकार्य परियोजना का संयोजक जिवराज रेग्मी ले बताउनु भयो

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार