- दैलेख । आर्थिक वर्ष २०८२/०८३ का लागि दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरूले आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार दुल्लु नगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ८ करोड ८१ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ भने सबैभन्दा कम बजेट ठाटीकाँध गाउँपालिकाको ४२ करोड १५ लाख ३१ हजार रुपैयाँ मात्र रहेको छ ।
स्थानीय तहअनुसार बजेट विवरण यस्तो छ
दुल्लु नगरपालिका – रु १,०८,८१,४९,०००– नारायण नगरपालिका – रु ५६,४४,६९,४२९– आठबीस नगरपालिका – रु ५५,८८,६१,५८५.७८– चामुण्डाविन्द्रासैनी नगरपालिका – रु ४८,४३,०३,०८८– गुराँस गाउँपालिका – रु ७३,६१,४४,९५५.२४– डुङ्गेश्वर गाउँपालिका – रु ४१,८१,७२,९२३– भगवतीमाई गाउँपालिका – रु ५६,४५,५७,२२४– नौमूल गाउँपालिका – रु ४५,०८,६७,४५५– महावु गाउँपालिका – रु ४९,४०,४२,७२२– भैरवी गाउँपालिका – रु ४९,९९,९०,०००– ठाटीकाँध गाउँपालिका – रु ४१,१५,३१,०५९
बजेटहरू सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूबाट प्राप्त जानकारीका आधारमा संकलन गरिएको हो । दैलेख जिल्ला भरिका पालिकाहरूले आ–आफ्नो प्राथमिकता अनुसार पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, स्थानीय विकास, रोजगारी सिर्जना र सेवा प्रवाह सुदृढीकरणमा बजेट विनियोजन गर्ने जनाएका छन् ।
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्