सुर्खेत : विचार र सिद्धान्त बिनाको राजनीतिक एकताले दलहरूको नेतृत्वलाई दिशाहीन र अवसरवादी बनाउने खतरा बढ्दै गएको नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विजय विक्रम सिजापतिले बताएका छन्। उनले सामाजिक संजाल फेसबुक मा स्टार्टस लेखदै , हाल देखिएका राजनीतिक एकताहरू शक्ति र सत्ताको होडबाजीमा मात्र सीमित हुँदा जनताका वास्तविक एजेन्डा ओझेलमा परेको उनको भनाइ छ।
सिजापतिका अनुसार वैचारिक आधारविना गरिने सिद्धान्तरहित एकतामा नेतृत्वको व्यक्तिगत स्वार्थ हावी हुन्छ। यसका कारण विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरू प्राथमिकताबाट हट्ने गरेका छन्। ‘एकताको नाममा शक्ति बाँडफाँटमै केन्द्रित राजनीति लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथि गम्भीर प्रहार हो,’ उनले बताए।
उनले अहिले भइरहेका यस्ता सिद्धान्तरहित राजनीतिक एकतालाई देशमा थप अस्थिरता निम्त्याउने ‘गुरु योजनाको सुरुवात’को रूपमा टिप्पणी गर्दै सचेत रहन आग्रह गरे। सिजापतिले राजनीतिक दलहरूले स्पष्ट विचार, नीति र सिद्धान्तका आधारमा मात्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिँदै युवाहरूले गलत प्रवृत्तिको विरोध गर्दै जिम्मेवार भूमिकामा उभिनुपर्ने बताए।








प्रतिक्रिया दिनुहोस्