
२३ भदौ, । काठमाडौं–३१ स्थित सुकुम्बासी वस्ती र काठमाडौं–२६, रानीबारीमा शनिबार दुई जना मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् ।रानीबारीमा कुमारी टोलमा डेरा गरी तनहुँका ५० वर्षीय लोकेन्द्र महत आफ्नै कोठामा भृत अवस्थामा फेला परेका हुन् । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।दुवै जनाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्