
सुर्खेत :सुरुमा तपाईं हरुलाई म आयुर्वेद सब्दवाली बारे केही छोटो मा जानकारी गराउछु ।
आयुर्वेद शब्द ‘आयु’ र ‘वेद’ मिलेर बनेको छ। आयु शब्दले जीवन (Life) र वेद शब्दले (Knowledge/Science) लाई बुझाउछ तसर्थ आयुर्वेद जीवन विज्ञान हो जसले मानव जीवन स्वस्थ र सुखी बनाउँछ ।
आयुर्वेदका मुख्य २ वटा उद्देश्यहरु छन!
१)स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु
२) रोगीको रोग निवारण गर्नु !
विश्वमा एलोप्याथी, आयुर्वेद होमियोप्याथी, नेचुरोप्याथी युनानी, आम्ची, प्राकृतिक, चाईनिज आदि उपचार पद्धतिहरु प्रचलनमा छन । आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सक पद्धति हो। जुन संसारकै प्राचिनतम् चिकित्सा विज्ञान पनि हो। प्रतिकारात्मक (Preventive) उपचारात्मक (Curative) संम्वर्धनात्मक तथा पुनर्स्थात्मक (Promotive and Rehabilitative) गरी चिकित्सा का सबै क्षेत्रमा आयुर्वेदको विशिष्टता छ । आयुर्वेदमा उल्लेखित दिनचर्या, रात्रीचर्या, ऋतु चर्या, योग प्राणायम आदि बैशिष्टताले आयुर्वेदलाई जीवन पद्धतिको रुपमा लिन सकिन्छ । वर्तमान समयमा नेपाल लगायत विश्व भरिनै आयुर्वेद प्रति जनविश्वास बढ्दो क्रममा रहेको छ। अझ भनौं कोभिड 19 को समय पछि झनै बिश्वास बढेको छ । अब को विकल्प प्राकृति चिकित्सा मात्रै स्वास्थ को रक्षा गर्ने सक्ने आम मानिस को बुझाइ भैसकेको छ ।
कर्णाली समृद्धि बन्न सक्छ ?
आयुर्वेद जडिबुटी संरक्षण र प्रर्वद्वन गर्दा कैयौं रोजगारी र बिकासका सम्भावना देखिन्छ जसका लागी कर्णाली प्रदेश मा समर्ग आयुर्वेद क्षेत्रको कुरा गर्दा सरकार को तर्फबाट गर्ने काम हुने सक्ने जति भएको देखिदैन। कर्णाली प्रदेश जडिबुटी को धनी प्रदेश मानिन्छ । तर पनि राज्य बाट गर्ने लगानी आयुर्वेद जडिबुटीमा नभई उल्टै जङ्गल तहसनहस सडक निर्माण लाई बिकास को पुर्वधार को नाममा सकाएको छ । अब को विकल्प बिकास प्रर्वद्वन र रोजगारी सिर्जना गर्ने हो भने हाम्रो प्रदेश लाई समृद्धि र सुखी बनाउने हो , भने केन्द्र प्रदेश र स्थानीय गरि तीन वटै तहको को इच्छा शक्ति प्रबल भए सम्म जडिबुटी संरक्षण बृक्षारोपण बजारीकरण गर्ने नै पहिला प्राथमिकता हो । कैयौं जनशक्ति लाई आयुर्वेद जडिबुटी को प्रयोग खेती निर्माण र बजारीकरण लाई ब्यबस्थापन गरे आज कुनै पनि युवा बिदेशी भुमी पसिना बगाउन पर्दैन कि ! सरकारले पहिलो प्राथमिकता कोभिड 19 सङको महामारी बाट पनि आयुर्वेद को महत्त्व लाई ध्यानमा राखोस ! प्राकृति चिकित्सा र आयुर्वेद स्वास्थ सेवा बाट नै स्वास्थ को रक्षा र प्रतिरक्षा प्रणाली बलियो हुन्छ । कर्णाली मा भएका जडिबुटी को कारोवारका हिसाबले हाल यार्सागुम्बा, जटामसी, कुट्की, अतिस, सतुवालगायत जडीबुटी धेरै सम्भावना देखिएको छ । जडीबुटीको आयात निर्यातका सम्बन्धमा सरकारसँग सम्पूर्ण तथ्यांक देखिँदैन तर औपचारिक रूपमा निर्यात भएको अवस्था हेर्दा वार्षिक झण्डै रु दुई अर्ब बराबरको जडीबुटी निर्यात भएको देखिन्छ।
~ नेपालमा आयुर्वेद क्षेत्रको सम्भावना र चुनौतीहरू यस प्रकार छन्:
सम्भावना
1. प्राकृतिक स्रोतहरू:
नेपालमा जडीबुटी र औषधीय वनस्पतिहरूको प्रचुरता छ। हिमाली, पहाडी, र तराई क्षेत्रमा पाइने विभिन्न जडीबुटीहरूले आयुर्वेदिक औषधि उत्पादनको लागि ठुलो सम्भावना दिन्छ।
2. परम्परागत ज्ञान:
ग्रामीण भेगमा परम्परागत उपचार पद्धतिहरू जोगाइ राखिएको छ, जसलाई व्यवस्थित गरेर वैज्ञानिक आधारमा विकास गर्न सकिन्छ।
3. बढ्दो रुचि:
मानिसहरू प्राकृतिक उपचारप्रति आकर्षित भइरहेका छन्। नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि आयुर्वेदको माग बढिरहेको छ।
4. सरकारी पहल:
सरकारले आयुर्वेद शिक्षा र अनुसन्धानमा लगानी गर्दैछ। आयुर्वेद अस्पताल र शिक्षा संस्थाहरूको विस्तारले यसको महत्वलाई बढाएको छ।
5. पर्यटन र स्वास्थ्य सेवा:
आयुर्वेदलाई स्वास्थ्य पर्यटनसँग जोड्न सकिन्छ। योग, ध्यान, र आयुर्वेदिक उपचार केन्द्रहरूले विदेशी पर्यटकलाई आकर्षित गर्न सक्छन्।
चुनौतीहरू
1. अभावग्रस्त अनुसन्धान:
आयुर्वेदिक औषधिहरूको वैज्ञानिक अध्ययन र प्रमाणिकरणको कमी छ। यसले अन्तर्राष्ट्रिय मान्यता पाउन कठिन बनाएको छ।
2. सीमित शिक्षा र जनशक्ति:
आयुर्वेद क्षेत्रका लागि दक्ष जनशक्ति र गुणस्तरीय शैक्षिक संस्थाहरूको अभाव छ।
3. अपर्याप्त प्रविधि:
जडीबुटी प्रशोधन र औषधि उत्पादनमा आधुनिक प्रविधिको अभावले प्रतिस्पर्धा गर्न कठिन बनाएको छ।
4. अवैध दोहन:
जडीबुटीहरूको अत्यधिक दोहन र संरक्षणको कमीले दीर्घकालीन स्रोत संकट निम्त्याउन सक्छ।
5. नियम र नीति:
आयुर्वेद उत्पादन र व्यवसायिकरणका लागि स्पष्ट र प्रभावकारी सरकारी नीतिहरूको कमी छ।
6. विश्वासको कमी:
आधुनिक चिकित्सा प्रणालीप्रति धेरै मानिसहरूको भरोसा छ, जसले आयुर्वेदलाई दोस्रो विकल्प बनाएको छ।
• समाधानका उपायहरू
° जडीबुटीको वैज्ञानिक अध्ययन र प्रमाणिकरणलाई प्राथमिकता दिनु।
° आयुर्वेद शिक्षालाई प्राविधिक र व्यावसायिक बनाउनुपर्ने।
° सरकारी तथा निजी क्षेत्रको सहकार्यमा आयुर्वेद उत्पादन उद्योग स्थापना।
° जडीबुटीको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्ने नीति।
~ आयुर्वेद र आधुनिक चिकित्सा प्रणालीबीच सहकार्यको विकास।
° यदि यी चुनौतीहरू समाधान गर्न सकियो भने, नेपालले आयुर्वेदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गरेर ठूलो आर्थिक र स्वास्थ्य लाभ उठाउन सक्छ।
( कबिन्द्र अधिकारी संजिवनी आयुर्वेद संचालक तथा पुर्व आयुर्वेद औषधि व्यावसायि संघ केन्द्रिय सदस्य )
प्रतिक्रिया दिनुहोस्