राष्ट्रिय युवा संघ नेपालको चौथो केन्द्रीय कमिटी बैठकले दैलेखका युवा नेता विजयविक्रम सिजापती लाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।
बैठकको निर्णयअनुसार सिजापतीलाई राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश सह-इन्चार्ज तथा दैलेख जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो। एमाले निकट युवा संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका सिजापती संगठन निर्माण, युवा परिचालन तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
नयाँ जिम्मेवारीसँगै कर्णाली प्रदेश र दैलेख जिल्लामा संगठन विस्तार, युवाको नेतृत्व विकास तथा पार्टीका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सिजापतीको नियुक्तिलाई युवा संघभित्र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
उक्त जिम्मेवारी प्राप्त गरेपछि सिजापतीलाई नेकपा (एमाले) का नेता–कार्यकर्ता, शुभेच्छुक तथा युवा संघका सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।









प्रतिक्रिया दिनुहोस्