सुर्खेत : कर्णाली प्रदेश को राजधानी बिरेन्द्रनगर १ स्थित रहेको श्री सनसाइन एकेडमी सेकेन्डरी स्कुलले सुर्खेत मा रहेको मानव सेवा आश्रममा राहत वितरण गरेको छ ।
बिद्यालयले मुठ्ठी दान अभियान अन्तर्गत आफ्ना विद्यार्थीमार्फत र बिद्यालयको सयुक्त राहत बालदिवसको अवसरमा एक कार्यक्रम गरि मानव सेवा आश्रममा वितरण गरेको हो । बिद्यालय का प्रीन्सिम्पल महेन्द्र पुन आफ्ना विद्यार्थीका साथ मानवसेवा आश्रममा आफै उपस्थित भइ दाल, चामल, तेल फलफुल वितरण संगै बिद्यार्थी भाइबहिनीमा सेवाभाव जागृत गराएका हुन ।
कार्यक्रम मा मानव सेवा आश्रम कर्णाली प्रदेश का अध्यक्ष सन्जिता गौतम ले बिधालय को यो उदरणिय कार्यका लागि धन्यवाद दिदै आगामी दिन मा पनि सहयोग को अपेक्षा रहेको धारण व्यक्त गरिन । कार्यक्रम मा बिधालय का प्रीन्सिपल महेन्द्र पुन , भाइस प्रीन्सिपल टेकराज थापा , फाउन्डेर टेकेन्द्र गिरि लगायत को उपस्थिति थियो ।
प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्