सुर्खेत :२०६१ सालदेखि अन्यौलमा रहेको दुल्लुस्थित नेपाली सेनाको क्याम्प अन्ततः स्थायी रूपमा स्थापना हुने भएको छ। विगत लामो समयदेखि क्याम्पका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकोमा यस वर्ष असार २३ गते ६५ रोपनी जग्गाको मुआब्जा वितरण कार्य सफलतापूर्वक सम्पन्न भएको नगर प्रमुख भरत रिजाल ले बतायका छ्न ।
जग्गा अधिग्रहण भएर पनि मुआब्जा नपाएका स्थानीय जग्गाधनीहरूलाई न्यून मुआब्जामा जग्गा उपलब्ध गराएकोमा धन्यवाद दिइएको छ। यो कार्य नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व रक्षामन्त्री आदरणीय नेता पूर्णबहादुर खड्काको विशेष पहलमा सम्पन्न भएको हो।
साथै, संघीय सांसदहरू दिक्पाल कुमार शाही र सीता राना, प्रदेश मन्त्री घनश्याम भण्डारी, संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेल, पूर्व सांसद राज व बुढा, नेपाल सरकारका सहसचिव एवं सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, उपमेयर विना कार्की, पूर्व प्रजिअ नवराज जैसी, सेनानी सुमन कार्की, शा.अ. गणेश कोइराला, वडाध्यक्ष सुशील कुमार भण्डारी, कार्यपालिका सदस्य रमेश परियार, गौतम विसी, मालपोत कार्यालय दुल्लु, नापी कार्यालय दुल्लु, खगेन्द्र दुलाल, सहयोग समिति तथा समाजका विभिन्न व्यक्ति — हेम भण्डारी, बलव भण्डारी, पदम भण्डारी, दिनेश कार्की, बखत भण्डारी, पवन थापा लगायतको अथक प्रयासले यो प्रक्रिया सहज रूपले सम्पन्न भएको हो।
स्थानीयवासीहरूले क्याम्प स्थायीत्वपछि दुल्लुमा सुरक्षाको अवस्था थप मजबुत हुने र राज्यको उपस्थिति अझ स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्।
यस सफलतामा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबैमा नगर प्रमुख भरत रिजालले हार्दिक आभार प्रकट गरेका छ्न ।









प्रतिक्रिया दिनुहोस्