२०८२ कात्तिक २२ गते शनिबार

संघर्षमा पछि नहट्ने उपप्रमुख : कल्पना थापा



दैलेख — आठबीस नगरपालिकाकी उपप्रमुख कल्पना थापा निरन्तर संघर्षशील, सेवामुखी र जनउत्तरदायी नेतृका रूपमा स्थापित हुँदै गइरहेकी छिन्। विद्यार्थी कालदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय थापा आज जनताको सेवा र नगरको समृद्धिका लागि अग्रपंक्तिमा उभिएकी छन्।
उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि थापाले नगरमा शुसासन, पारदर्शिता, उत्तरदायित्व र सहभागितामूलक विकास प्रवर्धन गर्न विशेष पहल गर्दै आएकी छिन्। नगरपालिकाको बजेट, योजना तथा सेवा प्रवाहमा नागरिकको प्रत्यक्ष सरोकार हुने वातावरण बनाउने प्रयासमा उनी सक्रिय देखिएकी छन्।
“मैले जनताको प्रतिनिधित्व गर्दा उनीहरूको आवाजलाई नीति र काममा रूपान्तरण गर्ने दृढ संकल्प लिएको छु,” उपप्रमुख थापाले भनिन्, “शुसासन र पारदर्शिताको संस्कार नगर तहमै स्थापित गर्नु मेरो प्राथमिकता हो।”
महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा समेत थापाले अग्रसर भूमिका निर्वाह गरेकी छन्। नगरवासीहरूसँगको संवादलाई प्राथमिकता दिँदै उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनसहभागिता सुनिश्चित गर्न पहल गरेकी छन्।
कल्पना थापाको यो संघर्षशील र सेवामुखी यात्राले नगरबासीमा नयाँ आशा जगाएको छ। नेतृत्वप्रति जनतामा भरोसा बढ्दो छ, र उनको सक्रियता नगरको समुन्नत भविष्यतर्फको संकेतका रूपमा हेरिँदैछ।

 

प्रकाशित मिति : २०८२ असार १४ गते शनिबार