काठमाण्डाै – सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पालिका र प्रदेशलाई बढीभन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
काठमाण्डौमा आज आयोजित सङ्घीयतामा बजेटसम्बन्धी कार्यक्रममा सचिव भट्टराईले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको भन्दै त्यसलाई सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताउनुभएको हो । पालिकाको सङ्ख्या घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै उहाँले अनौपचारिक हिसाबले पालिकाकाे सङ्ख्या पाँच सय बनाउनेबारे छलफल चलिरहेको उल्लेख गर्नुभयाे ।
आर्थिक, प्रशासनिक, राजनीतिक रूपमा सङ्घीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीतिक रूपमा सङ्घीयता कार्यान्वयनमा गए पनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकेको बताउनुभयो ।
यस्तै कार्यक्रमा बोल्दै प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले पालिका र प्रदेश सरकारलाई संविधानले धेरै अधिकार दिए पनि प्रयोग गर्न चुकिरहेको बताउनुभयाे ।संविधानले मेयरलाई मात्रै २२ वटा अधिकार दिएको भन्दै चालिसेले अधिकारको प्रयोगको सट्टा केन्द्रतर्फ मुख ताक्ने प्रवृत्ति रहेको सुनाउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्