दैलेख, — आर्थिक वर्ष २०८२/८३ का लागि दैलेख जिल्लाभित्र रहेका ११ वटा स्थानीय तहहरूले आ–आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। तीमध्ये सबैभन्दा कम बजेट सार्वजनिक गर्ने पालिका ठाटीकाँध गाउँपालिका बनेको छ।
ठाटीकाँध गाउँपालिकाले रु ४१ करोड १५ लाख ३१ हजार ५९ को बजेट पारित गर्दै जिल्लाभित्रकै सबैभन्दा न्यून बजेट सार्वजनिक गरेको हो। यस बजेटमार्फत पालिकाले पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी सिर्जना र सेवा प्रवाह सुदृढीकरणमा खर्च गर्ने योजना बनाएको जनाइएको छ।
दुल्लु नगरपालिकाले रु १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँभन्दा बढीको बजेट ल्याउँदै सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ। ठाटीकाँधसँगै कम बजेट ल्याउने अन्य पालिकाहरूमा डुङ्गेश्वर गाउँपालिका (रु ४१.८१ करोड) र नौमूल गाउँपालिका (रु ४५.०८ करोड) पर्न आएको छ ।
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्