सुर्खेत : राप्रपा का केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरि ले सामाजिक संजाल फेसबुक मार्फत संबिधान को कुनै औचित्य नभएको बताउनु भएको छ ।अहिले को संबिधान सरकार संचालन देसको गतिविधि लगाएत थुप्रै कुरामा १४ वटा प्रश्न आफ्नो फेसबुक स्टाटस् मार्फत राख्नु भएको छ ।नेपाल र नेपाली जनता लाई आफ्नाे स्वार्थ अनुरुप बाँधिराख्न विदेशिहरुकाे दवाप र प्रभावमा केहि दलहरुकाे व्यक्तिगत र पार्टिगत स्वार्थ पुर्तिका लागि आजैकाेदिन लादिएकाे एउटा दस्तावेज जसलाई `संविधान´ भनिएकाेछ । न काेहि जनता लाभान्वितछन् न देशले काँचुलि फेर्न सक्याे अनाहक हजाराैं जनता मारिए,लुटिए,पिटिए,अन्ध अपाङ्ग भएर बाँच्न बाध्य भएकाछ्न ! केवल केहि मुठ्ठिभर मानिसहरुकाे स्वार्थपुर्तिका लागि जवरन लादिएकाे कागजकाे खाेस्टाेका लागि सबै नेपालिले हर्षाेल्लाश गरिदिनुपर्ने हाे र ? भन्दै सरकार लाई प्रश्न गर्नुभएकाे छ् !एस्ताछ्न उहाँक प्रश्नहरु !
१)देशकाे गति के भएकाे छ ?
२)हाम्राे माैलिकता,संस्कृति र हाम्राे गाैरव आज कुन स्थानमा छ ?
३)लाखाैं युवाहरु देशमा गरिखान नपाएर कहाँछन् ?
४)शिक्षा क्षेत्रकाे गति के छ ?
५)स्वास्थ उपचारका लागि कति तड्पेकाछन् जनता ?
६)महङ्गिले कति आक्रान्त बनाएकाे छ ?
७)भ्रष्टाचार सिंहदरवार देखि गाउँ सम्म किन अपरिहार्य भएकाे छ ?
८)विदेशि प्रभुहरुकाे चलखेल यति बाक्लाे किन छ ?
९)सिमा किन दैनिक मिचिंदैछ ?
१०)स्वाधिन र गाैरवमय ईतिहास बाेकेकाे देश आज विदेशिकाे सामु किन अपहेलित छ ?
११)वैदेशिक ऋण खरवाैंखरव किन पुगेकाे छ ?
१२)देशैभरि जमिन किन बाँझैछ र काेदाे मकै समेत विदेशबाट किनेर खानुपर्ने किन भएकाेछ ?
१३)वेराेजगारि किन यति धेरै ब्याप्त छ ?
१४)अब यहि अवस्था कहिलेसम्म बेहाेरिरहनुपर्ने हाे नेपाली जनताले ?
प्रतिक्रिया दिनुहोस्