
सुर्खेत ४ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सो दलका प्रभावशाली नेताहरु कर्णाली यात्रामा निस्किने भएका छन् । कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न आफूहरु यही कार्तिक ६ गते मंगलबारदेखि कर्णालीका विभिन्न ठाउँको यात्रामा निस्किन लागेको वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।
कर्णालीवासीसँग अध्यक्ष राजेन्द्र लिङ्देनले भलाकुसारी गर्ने कार्यक्रम रहेकोछ । सो यात्रामा महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही केन्द्रिय सदस्य जनक सिंह ठकुरी भिम ब शाही लगाएतका नेता तथा कार्यक्रता सहभागी हुने जनाईएको छ । राप्रपामा नेताहरुको जिम्मेवारी हेरफेरपछि यो अध्यक्ष लिङ्देनको पहिलो देश दौहाडा हो ।
कर्णाली का नागरिक र कर्णाली को भूगोल अध्यन संगै कर्णालीका जन्ता र यहाँको समस्य र राप्रपाले आगामी दिनमा गर्नुपर्ने कामकाज हरु कर्णाली यात्रामा समेटिएको केन्द्रिय सदस्य जनक सिंह ठकुरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्