काठमाडौं । अदालतमा मुद्दा बिचाराधीन रहेका व्यवसायीबाट नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन अरबौं दान लिएर कानूनी राज्यको उपहास, स्वार्थको बझान गरेको भन्दै चौतर्फी आलोचना भइरहँदा आफूलाई भ्रष्टाचारविरोधी र आदर्शको सगरमाथा भनेर प्रस्तुत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोही व्यापारीबाट अनुचित आर्थिक लाभ लिएको रहस्य खुलेको छ ।
राप्रपा अध्यक्ष लिङ्देन करिव दुई वर्षदेखि ललितपुरको लामाटारस्थित ग्रीन भ्याली होम्सको हाउजिङ कोलनीमा निःशुल्क बसोबास गर्दै आएको राप्रपाका एक नेताले दाबीसहित बताएका छन् । ग्रीन भ्याली होम्स अदालतमा मुद्दा खेपीरहेका मीनबहादुर गुरुङको स्वामित्वमा रहेको हाउजिङ हो भने सोही व्यापारीको प्रायोजनमा लिङ्देनलाई बस्ने घर उपलब्ध गराइएको छ ।
लिङ्देन प्रतिनिधिसभाका सदस्य छन् । सांसद भएकै नाताले उनलाई जनताले तिरेको करबाट मासिक घरभाडा उपलब्ध गराइन्छ । नीति निर्माण गर्ने तहमा प्रतिनिधिसभा सदस्य, आर्थिक अनियमितता र भ्रष्टाचार छानविन र तत् विषयमा निर्देशन दिने अधिकारसम्पन्न सार्वजनिक लेखा समितिका लिङ्देन सदस्य छन् । उनी राष्ट्रिय पार्टीका अध्यक्ष हुन् र भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह भन्दै अग्लो आदर्शको कुरा गर्छन् ।जिल्ला अध्यक्षहरुको भेलाको निर्णयअनुसार जिल्ला समितिलाई अध्यक्ष रकम दिन मान्दैनन्,’ एक केन्द्रीय सदस्य बताउँछन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी एक सिक्काका दुई पाटा हुन् र ती दलका नेताहरुबाट देशको मुहार फेरिन्छ भन्ने आशा राख्नु गोरुको मुन्तिर बाल्टी थाप्नुसरह भनेर अग्लो आदर्शको कुरा गर्थे लिङ्देन । तर, समयसँगै लिङ्देन आफ्नै भनाइ अनुसारको ‘दुध दिने धर्म नभएको गोरु’मा रुपान्तरण भएकी भन्ने जनताको आलोचना काम र नतिजाले शान्त गर्ने जिम्मेदारी भने लिङ्देनमै आएको देखिन्छ ।
प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्