
जुम्ला जुम्लाबाट ३८ करोड बढीको स्याउ निर्यात भएको छ ।कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज ८ गतेसम्म सडक तथा हवाई यातायातमार्फत जुम्लाबाट बाहिरी जिल्लामा स्याउ निर्यातबाट ३८ करोड १० लाख आम्दानी भएको हो ।
पछिल्लो अढाई महिनामा जुम्लाबाट पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला निर्यात भएको छ ।उनले यस वर्ष जिल्लाका आठ वटै स्थानीय तहबाट करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको जनाए । जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भएपनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका छ ।
उनले यसै वर्षको आउँदो कात्तिक अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए । अहिले जिल्लाका आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका छन् ।
उनका अनुसार बगैंचामै पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् । जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्