२०८२ कात्तिक २२ गते शनिबार

आजै जाजरकोटमा दुई वटा गाडी दुर्घटना, ३९ जना घाईते



सुर्खेत। जाजरकोटमा दुई वटा सवारी साधन छुट्टाछुट्टै दुर्घटना हुँदा ३९ जना घाईते भएका छन्।जाजरकोको पूर्वी भेग नलगाड र पश्चिमी भेग कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाईते भएका छन्। तीमध्ये चार जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ।सोमबार जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाईते भएका छन्।यस्तै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आईरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाईते भएका थिए। बोलेरो जिप दुर्घटनाका सात जना घाईतेमध्ये चार जना डिस्चार्ज भएका हुन्।दुवै दुर्घटनाका घाईतेमध्ये ९ जनालाई हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको हो। अहिले ४ जनालाई ल्याएर हेलिकप्टर फर्किएको छ। थप पाँच जनालाई लिन पुनः जाने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार