कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ मा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । आज बिहान करिब ८ बजे रारास्थति बिजुलीको पोल चढ्ने क्रममा करेन्ट लागेर वडा नं ४ निवासी २६ वर्षीय बिरेन्द्र चौलागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएस.पी टेक बहादुर रावतले जानकारी दीनु भयो । प्रमुख डिएस.पी रावतका अनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली अहिले घटनास्थलमा पुगिसकेको छ । घटनाबारे थप विवरण आउन भने बाकी रहेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्