
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक सबैलाई एमालेमा समाहित गर्न ढोका खुल्ला रहेको बताएका छन्। शुक्रबार प्रेस चौतारीको कार्यक्रममा पोखरेलले एमाले विभाजन गर्ने षड्यन्त्रको नायक नेपाल भएको भन्दै उनलाई एमालेमा स्थान नभएको बताए।
एकीकृत समाजवादीको निकट समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदीसहितका टोलीलाई प्रेस चौतारीमा स्वागत गर्दै पोखरेलले भने, ‘माधव नेपालको लागि ढोका खोलिएको छैन। उहाँ (विश्वमणी सुबेदी)लाई जसरी चौतारीले सम्मान दियो, त्यसैगरी सम्मान दियो भने उहाँ (माधव नेपाल) नै आउनुहुन्छ। त्यसकारण कारवाहीको के अर्थ ? तर उहाँले गल्ती गर्नुभएको छ,, उहाँ दुर्घटनाको नायक हो । उहाँलाई सम्मान दिने पक्षमा एमाले छैन।’
भीम रावललाई एमालेले एक वर्षअघि नै स्पष्टिकरण सोधेर निवासमै पत्र पठाए पनि कार्यालयमै आएर पत्र बुझ्ने भन्दै फर्काएको पोखरेलले बताए। पार्टीको बिरोध गरिरहने, तर पार्टीमा फर्किएर काम गर्न गरेकाे आग्रहलाई इन्कार गरिरहेकाले रावलकै भविष्यको कल्याण सोचेर एमालेले ढोका खुल्ला गरिदिएको उनले तर्क गरे।
प्रतिक्रिया दिनुहोस्