२०८२ जेष्ठ ८ गते बुधवार

केपी ओली कपको ब्यानर कर्णाली नदीमा



सुर्खेत : नेपालको सबैभन्दा लामो नदी कर्णालीमा राष्ट्रिय युवा सङ्घ  नेपाल दैलेखका सचिव निरज कुमार माझीको विशेष उपस्थितिमा आठबिस नगर कमिटी र राखम कर्णाली वडा नम्बर ४ वडा कमिटीको आयोजनामा केपी ओली कप २०२५ फुटबल च्याम्पियनसिप को ब्यानर प्रदर्शन गरिएको हो ।
समुद्र सतहबाट तीन,देखि चार हजार मिटर उचाईँमा रहेको  “माप्चोचोङ्गो” हिमनदीबाट निस्के मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक तालसंगै रहेको मयुरको मुखबाट उत्पत्ति भएको कर्णालीको नदीको आफ्नै इतिहास र मौलिकता बोकेको कर्णाली नदीबाट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने गरेको नेपाली घरेलु फुटबल प्रतियोगिताले  जनता जगतलाई ऊर्जा दिनका लागि  पहिलो संस्करणदेखि तेर्सो संस्करणसम्म आइपुग्दा विभिन्न चरणहरू पार गरेका छौं। यसलाई अझै व्यवस्थित र रूपान्तरण गर्दै तपाईं हामी आआफ्नो क्षेत्रबाट संगठनले दिएको हक अधिकार र जिम्मेवारीलाई  प्रत्याभूत गर्दै खटिरहेकोमा राष्ट्रिय युवा सङ्घ नेपाल आठबिस पालिका कमिटी र राकम कर्णाली ४ नम्बर वडा कमिटी लाई हार्दिक बधाई पनि दिनुभयो।
माझीले मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक ताल जस्तै हामी र हाम्रो संगठनमा आफ्नो क्षेत्रदेखि निरन्तर लागिरहेको प्रत्याभूत भएको पनि भन्नुभयो। उक्त कार्यक्रम कर्णाली नदीको स्थानीय डुङ्गामा चढेर प्रचार प्रसारण गर्दा झनै शोभा बढेको पनि बताउनुभयो।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार