२०८२ जेष्ठ ८ गते बुधवार

टिआरसि , बारे छलफल गर्न ओलि देउवा प्रचण्ड बैठकमा



काठमाडौँसङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन्प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डसहभागी छन्तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।प्रधानमन्त्री ओलीले टीआरसीबारे छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेता प्रचण्डले समय नदिँदा सम्भव नभएको संसदमा बताएका थिए ।  सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन् । केही समयअघि प्रधानमन्त्री ओलीले टीआरसीको बाँकी काम अघि बढाउन भन्दै पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेललाई प्रधानमन्त्रीको सङ्क्रमणकालीन न्याय विज्ञका रूपमा नियुक्त गरेका थिए । खरेल विज्ञका रूपमा नियुक्त भएसँगै प्रक्रिया अघि बढ्ने अपेक्षा गरिए पनि प्रमुख दलका शीर्ष नेताहरूबिचको छलफल हुनै समय लागेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार