
पुर्ण ब: शाही ठाटिकाँध २ दैलेख ✍️ २०६५ सालमा गरिबी निवारण कोषबाट यस ठाटिकाँध गाउँपालिका वडा न २ हुईता टोलमा श्री लालिगुरास सामुदायिक सस्था गठन भई रु ९,००,०००(अक्षरुपी रु नौ लाख)विभिन्न ब्यबसाय गर्ने प्रयोजनाथ प्राप्त भएको थियो!सो रुपैयाँ गाउँमा वितरण भई हिना मिना भयो ! यो यहाँको मात्र समस्या नभई देशैभरको समस्या हो!तर यति ठुलो रकम उपयोग गरि प्रयोजनमा ल्याय यहाँको समृद्धि खोज्न अर्थात रुपैयाँ को भिख माग्न कुनै संघ-सस्था सरकारी निकाय धाउनु पर्ने थिएन ! यसलाई सदुपयोग गर्न नजान्नु नेतृत्व कर्ता निर्णायक नहुनु र समुदायका जिम्मेवार नागरिकको भुल हो! जब म २०७०सालमा कृषि JTA अध्ययन गर्न गए बचतको महत्त्व थाहा पाए ! २०७२ सालमा मैले लालिगुरास सामुदायिक संस्थाका अध्यक्ष दम बहादुर शाही संग भेटेर यसलाई संचालनमा ल्याउन आग्रह गरे र बैठकका लागि त्यस बेलाका सामाजिक परिचालक पुर्ब वडा अध्यक्ष नर्तम बहादुर बुढा लाई र सम्पुर्ण ऋणि सदस्यहरु र समाजका अगुवाहरुलाई पत्र लेखी पठाए ! र बैठक बस्यो र नयाँ कार्य समिति बन्यो ! अब लगेको रुपैया उठाउन नसके पनि मासिक बचत मात्र गरेर भएपनी बर्तमान र भबिस्यको लागि आईपर्ने संकट टार्न भएपनी बचत गर्ने प्रस्ताव मैले राखे र सोहि प्रस्ताव बाट रु ५० बाट मिति २०७२/१०/१० बाट सुरु भएको संस्थाको मासिक बचत निरन्तरता भैइरहेको छ ! हाल सम्म आउदा रु ११,००,०००(अक्षरुपि रु एघार लाख ) बराबर को कारोबार भएको छ ! यसो हेर्दा गरीबी निवारण बाट प्राप्त रकम भन्दा २,००,०००(अक्षरुपि रु दुई लाख) बडी को कारोवार भएको छ ! यो खुसिको कुरा हो ! यस मा ४५ जना सदस्य छ्न !अहिले मासिक १०० रुपैया बचत गर्ने गरेका छौँ ! हामिले आ.व . २०७९/०८० को वडा कार्यालयको बजेट बाट आफ्नै भवन समेत बनाई सकेका छौ ! हामिले हाम्रो बचत बाट कार्यालयलाई आवश्यक पर्ने माईनट बचत रजिस्टर ,कुर्ची,टेबल, दराज ,कर्पेट आदि सामाग्रीरुको ब्यवस्थापन गरेका छौ ! हामिले संस्थाबाट भैंसी पालन,बाख्रा पालन ,कुखुरा पालन ,वैदेशिक रोजगार ,अध्ययन ,औषधि उपचार र घर्यासी प्रयोजनका लागि ऋण प्रदान गरिरहेका छौं ! यस्तै गाउँमा युवा समुह , कृषि समुह गठन गरि हाल सम्म हाम्रो गाउँमा करिब २०,००,०००(अक्षरुपि रु बीस लाख) मेरो नेतृत्वमा जम्मा भइ कारोबार भैइरहेको छ ! देशमा सहकारी संस्था गठन भैइ लुट मचाई रहेको अवस्था मा यो एक ईमानदार नेतृत्वको उदाहरण हो! त्यसैले नेतृत्व कर्तामा सुशासन र पारदर्शीता भए बिकास र निकास हाम्रै पालामा संभव छ !
प्रतिक्रिया दिनुहोस्