कालिकोट – कामपछि मात्र भुक्तानी’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै पलाँता गाउँपालिकाले कालिकोट जिल्लाका सबै स्थानीय तहहरूलाई पछि पार्न सफल भएको छ। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार गाउँपालिकामा जम्मा १.१० प्रतिशत मात्र बेरुजु देखिएको छ, जुन जिल्लामै सबैभन्दा न्यून हो।
गाउँपालिकाका लेखापाल गोपाल बोहोराका अनुसार योजनाको अनुगमन र मूल्याङ्कनपछि मात्र भुक्तानी दिने नीतिले यो सफल परिणाम ल्याएको हो। “अब कागजको भरमा होइन, कामको आधारमा रकम निकासा गरिन्छ,” उनले भने, “त्यसैले बेरुजु नियन्त्रणमा आएको हो।”
यस कार्यशैलीले गाउँपालिकामा सुशासनको प्रत्याभूति मात्रै दिएको छैन, अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ।
प्रकाशित मिति : २०८२ असार १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्