सुर्खेत , २०८२ साउन २ – संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गतको सम्बोधन परियोजना का सेल्मा फोजनी (फ्रान्स), सतिष पाण्डे र इना केरूङ सहितको टिमलाई दुल्लू नगरपालिका क्षेत्रमा स्वागत गरिएको छ।
स्वागत कार्यक्रममा जोखिममा रहेका विपन्न महिलाहरूलाई सहयोग र डिजिटल घरधुरी सर्वेक्षण गर्ने विषयमा विस्तृत छलफल गरिएको दुल्लू नगरपालिकाले जनाएको छ।
सो परियोजनामार्फत दुल्लूका ८५० जना महिलाहरूले जनही रू. २७,०००/- का दरले नगद प्राप्त गरिसकेको नगरपालिकाले जानकारी दिएको छ।
युएनडिपीको सम्बोधन परियोजना विपन्न वर्गको आर्थिक सशक्तिकरण, सामाजिक सुरक्षाको प्रवर्द्धन र डिजिटल प्रणालीमार्फत सेवा वितरण सुदृढीकरणमा केन्द्रित रहेकोछ ।
प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्