२०८२ चैत ३० गते सोमबार

राष्ट्रिय युवा संघ कर्णाली प्रदेश कमिटी पुर्ब सदस्य सहित दैलेखका युवा एमाले परित्याग गर्दै



सुर्खेत  : नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा सङ्घसँग आबद्ध पुर्ब  दैलेखका  युवाहरू पछिल्लो समयमा प्रतिनिधिसभा निर्वाचनको उत्तरार्धमा पार्टी परित्याग गर्ने  क्रम बढ्दो छ।
राष्ट्रिय युवा सङ्घ कर्णाली प्रदेश कमिटीका पूर्व सदस्य लक्ष्मण शाही, आठविस नगर कमिटीका पूर्व उपाध्यक्ष जिभराज जंग बडुवाल लगायतका  युवाहरूले सामाजिक सञ्जालमार्फत नेकपा एमाले परित्याग गरेको घोषणा सार्वजनिक गरेका हुन्।
पार्टी परित्याग गर्ने युवाहरूले नेकपा एमालेका पूर्व नेताहरू समयअनुसार परिवर्तन हुन नसकेको, कार्यकर्ताप्रति उपेक्षा नगरिएको र आठविस र दैलेख क्षेत्र नं २ मा इनिहरु देखि  विकास तथा परिवर्तन   सम्भव नभएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरे पनि पार्टीभित्र युवा पुस्तालाई अवसर नदिइएको गुनासो गरेका छन्।
युवाहरूले अबको आठविसको नेतृत्व युवा पुस्ताले नै सम्हाल्नुपर्ने माग अघि सारेका छन्। विशेष जान्कारी  अनुसार आगामी स्थानीय तह निर्वाचनमा आठविस नगरपालिकाको नेतृत्वमा युवा पुस्ताले हस्तक्षेप गर्दै नयाँ युवा नेतृत्व निर्माण गर्ने तयारी गरिएको जानकारी गरेका छ्न ।
युवा नेता लक्ष्मण शाहिले तुफान कर्णाली डट. कम संग कुरा गर्दै बिगत देखि पाटिलाई विभिन्न कालखण्डमा आफुले ठुलो सहयोग गरेको र अग्रपंक्तिमा रहि आफू ले काम गर्दा पनि जिम्मेवार पदमा पुगदा बिर्सिने प्रचलन ले आफुले पाटी छोडेको बताउनु भयो । अबको बाटो  कता भन्ने निश्चित नभएको र  केहिसमय भित्र  जान्कारी गराउने बताउनु भएकोछ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार