गए राति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको शुभकालिका– १ को गगनेखोला र एसमोडमा आएको पहिरो हटाइएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडकमा आएको पहिरो हटाउने कार्य सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । साथै, रातको समयमा यात्रा नगर्नसमेत कार्यालयले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्