२०८३ वैशाख २ गते बुधबार

कालिकोटकाे सान्नित्रिवेणीमा नेपाली कम्युनिस्ट पार्टीको घरदैलो अभियान भव्य, जनसमर्थन उत्साहजनक



कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ र २ मा को निर्वाचन लक्षित घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले घर–घरमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम तथा विकाससम्बन्धी योजनाहरू प्रस्तुत गरेका थिए।

घरदैलो अभियानमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। नागरिकहरूले आफ्ना सुझाव, अपेक्षा र समर्थन खुला रूपमा व्यक्त गर्दै अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिय। जनताको विश्वास र सहयोगले आगामी निर्वाचनमा विजयी हुने दृढ आत्मविश्वास व्यक्त गर्दै अभियानलाई अझ तीव्र बनाइने नेता डिभि शाहीले जनताको साथ र समर्थन नै पार्टीको मुख्य शक्ति भएकाेले आफुहरु जनता सँग भेटघाट निरन्तर जारि राख्ने बताएका छन ।

निर्वाचन परिचालन संयोजक तथा पार्टी केन्द्रीय सदस्य जनक विश्वकर्मा कं(सगार)को नेतृत्वमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा सांस्कृतिक झल्कोसमेत प्रस्तुत गरिएको थियो। हुड्के नाच र पञ्चेबाजासहितको सांस्कृतिक कार्यक्रमले वातावरणलाई थप उत्साहपूर्ण बनाउँदै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरियो।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा समानुपातिक तर्फ लाई मतदान गर्ने प्रतिबद्धता स्थानीय जनताले व्यक्त समेत गरेका थिय।

कालिकोटको विकास र समृद्धिका लागि अनुभवी, जनताप्रति चासो राख्ने र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदाताहरूले शाहीको पक्षमा जनमत बढ्दो रहेको धारणा राखेका छन्।

यस अभियानसँगै कालिकोटमा चुनावी माहोल थप तातेको छ भने नेपाली कम्युनिस्ट पार्टीले आगामी दिनमा पनि जनमुखी कार्यक्रममार्फत जनतासँग अझ नजिकिने रणनीति अघि बढाउने क. सागरले जानकारि दिनुभएकाे थियाे ।

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार